कुवागैरामा माओवादीको दलित मुक्ति मोर्चा गठन

  • ९ चैत्र २०७३, बुधबार
  • 4783 पटक पढिएको

  म्याग्दी, ९ चैत । बेनी नगरपालिका–९ कुवागैरमा नेकपा माओवादी केन्द्र म्याग्दीले आफ्नो भातृय संगठन दलित मुक्ति मोर्चा विस्तार गरेको छ । बुधवार आयोजित भेलाबाट तुलसी परियारको संयोजकत्वमा २६ सदस्यीय मोर्चाको गाउँ कमिटी गठन भएको हो । कमिटीको  सदस्यहरुमा मायाँ नेपाली, जुना परियार, गोपाल परियार, कमला परियार, सतिस नेपाली, रेशम नेपाली, सरेश नेपाली  लगायत रहेका छन् । त्यस्तै सोही अबसरमा सुरेश नेपालीको संयोजकत्वमा १३ सदस्यीय वाईसिएलको गाउँ कमिटी गठन गरिएको छ ।

भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा जिल्ला संयोजक गोविन्द पौडेलले माओवादीको जनयुद्ध र संघर्षले मुलुकमा आम नागरिकको अधिकार स्थापित हुने दिसातर्फ मुलुक अगाडी बढेको बताउँदै आगामी निर्वाचनमा माओवादीलाई बिजयी गराउन आह्वान गर्नुभयो । कार्यक्रमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सम्मेलन आयोजक समितिका सदस्य तथा जिल्ला कोषाध्यक्ष शेरबहादुर केसीले मन्तव्य राख्नुभएको कार्यक्रम गम्भिर नेपालीको अध्यक्षता, मायाँ नेपालीको स्वागत र गणेश शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।