एमालेको शक्ति प्रदर्शन बेमौसमी बाजाः उपेन्द्र यादव

  • २२ पुष २०७३, शुक्रबार
  • 2015 पटक पढिएको

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एमालेले शक्ति प्रर्दशन गरेर मुलुकलाई मुठभेडतर्फ डोर्‍याएको आरोप लगाएका छन् ।

शुक्रबार बिराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै संघीय गठबन्धनका संयोजकसमेत रहेका उपेन्द्र यादवले एमालेको शक्ति प्रदर्शन बेमौसमी बाजा भएको बताए ।‘संविधान संशोधनको विरोधका नाममा एमालेले जुन गतिविधि गर्दैछ त्यसले मुलुक मुठभेड तर्फ तानिँदै छ’ यादवले भने ।

उनले एमालेको शक्ति प्रर्दशनले जारी राजनीतिक गतिरोध अन्त्य नहुने वताए ।नेता यादवले संविधान संशोधन बिना चुनाव भए आफुहरुलाई मान्य नहुने दोहोर्‍याएका छन् । उनले भने, ‘पहिला संविधान संशोधन गरी मधेसी जनताको अधिकार संविधानमा ग्यारेन्टी गरिनुपर्छ अनिमात्र निर्वाचनमा जाने हो ।’

source: onlinekhaber