म्याग्दी जलजला परिवार अष्ट्रेलियाद्धारा सिड्नीमा होली बिशेष कार्यक्रम
- ३० फाल्गुन २०७३, सोमबार
- माधव सुवेदी
- 5152 पटक पढिएको
अष्ट्रेलिया । म्याग्दीको पश्चिमी भेग बिशेष गरी धवलगिरी गाउँ पालिकाका ब्यक्ति हरु को संस्था म्याग्दी जलजला परिवार अस्ट्रेलियाद्वारा अस्ट्रेलियाको सिड्नीमा फागु पुर्णिमा अर्थात होली बिषेश कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल को बिभिन्न ठाउँमा आर्थिक सामाजिक क्षेत्र संगै खेलकुदको क्षेत्रमा काम गर्दै आएको म्याग्दी जलजला परिवार अस्ट्रेलियाले सिड्नीमा सो कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा फागुपूर्णिमा पर्वको अबसरमा थकाली सेवा समाजद्धारा आयोजित भलिबल खेलमा प्रथम हुन सफल समाजका खेलाडिहरुलाई स्वागत तथा सम्मान गरिएको थियो ।
सोही अबसरमा भर्खरै मात्रै अष्टे«लियमा आएर म्याग्दी जलजला परिवारमा आबद्ध भएका नेपालीहरुलाई समेत स्वागत गरिएको थियो ।
म्याग्दी जलजला परिवार अस्ट्रेलियामा आबद्ध खेलाडिहरुले भलिबल खेलमा बर्चस्व कायम राख्दै आएका छन् । उक्त कार्यक्रममा एक आपसमा रङ र अबिर लगाएर होली समेत खेलिएको थियो ।
विदेशमा भएपनि आफ्नो देशको कला संस्कृतीलाई संरक्षण गर्नुपर्छ भन्ने मान्यताले होली बिशेष कार्यक्रम गरिएको म्याग्दी जलजला परिवार अस्ट्रेलियाका अध्यक्ष राजकुमार भण्डारीले बताउनुभयो । अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन माधव सुवेदीले गर्नुभएको थियो ।