बन्दका कारण जनजिवन प्रभावित

  • २८ फाल्गुन २०७३, शनिबार
  • 1789 पटक पढिएको

कञ्चनपुरमा भारतीय प्रहरीको गोलीबाट नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको बिरोधमा नेत्रविक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दका कारण शनिबार म्याग्दीको जनजिवन प्रभावित भएको छ ।

बेनीबाट लामो तथा छोटो दुरीमा चल्ने यातायातका साधन नचल्दा सर्वसाधारण मर्कामा परेका छन् । यसैगरी दिनभरजसो बेनीका पसलहरु समेत बन्द भएका छन् । फाट्टफुट्ट मोटरसाईकल र स्कुटर चलाउने प्रयास गरेपनि बजारमा परिचालन भएका बन्दकर्ताले रोकेका छन् ।

नेकपा म्याग्दीका सेक्रेटरी गमबहादुर श्रीसको नेतृत्वमा बन्दकर्ताहरु बन्द गराउन सडकमा ओर्लीएका थिए । साँझ ५ बजेदेखि बन्द फिर्ता हुने सो पार्टीले जनाएको छ ।