बेनीमा सम्पन्न विद्यालय स्तरीय तेक्वान्डो प्रतियोगितामा वेष्ट प्वाइन्ट बिजयी (भिडियो सहित)
- २५ फाल्गुन २०७४, शुक्रबार
- 3197 पटक पढिएको
म्याग्दी, २४ फागुन । बेनीमा शुक्रवार सम्पन्न अन्तर विद्यालय स्तरीय तेक्वान्डो प्रतियोगितामा न्यु वेष्ट प्वाइन्ट आवसीय मावि च्याम्पीएन बनेको छ । हालै सम्पन्न चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अवसरमा आयोजना गरिएको तेक्वान्डो प्रतियोगितामा ६ स्वर्ण सहित न्यु वेष्ट प्वाइन्ट बिजयी भएको हो ।
त्यसैगरि ४ स्वर्ण सहित बुद्ध एकेडेमी बगरफाँट द्धितीय स्थान हाँसिल गर्न सफल भएको छ । प्रतियोगितामा प्रकाश मावि र माउण्ट एभरेष्ट आवसीय माविले १/ १ स्वर्ण हात पार्दै क्रमश : तृतीय र सान्त्वना स्थानमा आउन सफल भएका थिए । प्रतियोगितामा उत्कृष्ट खेलाडीमा छात्रतर्फ वेष्ट प्वाइन्टका मिलन भट्टचन र छात्रा तर्फ प्रकाश माविकी सविना उचै मगर घोषित भएका थिए ।
विभिन्न १० विद्यालयका ११० जना विद्यार्थीहरु बिच गराईएको प्रतियोगितामा १५ समुहमा खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । जिल्ला खेलकुद विकास समितिको मुल आयोजना र म्याग्दी तेक्वान्डो संघको आयोजनामा सञ्चालीत प्रतियोगितामा प्रथम र द्धितीय हुने विद्यार्थीहरुलाई ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।
बिजयी विद्यार्थीहरुलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्ण कुमार विश्वकर्मा, प्रमुख अतिथि युवा व्यवसायि खेम केसी, तेक्वान्डो प्रमुख प्रशिक्षक कर्ण प्रधान लगायतले पुरस्कार प्रदान गरेका थिए । सोही कार्यक्रममा तेक्वान्डो खेलको विकासमा सहयोग पु¥याएका खेलाडीका अभिभावकलाई सम्मान गरिएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिब दानबहादुर राईले गरेका थिए ।
उक्त प्रतियोगितामा स्थानीय रेफ्रिहरु राजकुमार परियार, सुरेन्द्र बर्देवा, सन्तोष परियार, दानबहादुर नेपाली, कृपेश शर्मा, ममता गर्वुजा लगायतले खेल सञ्चालन गरेका थिए । यसैबिच तेक्वान्डो खेलको विकासको लागि जिल्ला तेक्वान्डो संघलाई विभिन्न क्षेत्रबाट खेलकुद सामाग्री जुटेको छ । सहयोगदाताहरु मार्फत डमी, म्याट लगायतको करिब २ लाख ५० हजार बराबरको सामाग्री जुटेको प्रमुख प्रशिक्षक कर्ण प्रधानले जानकारी दिनुभयो ।