बेनीमा महिला कानुनी साक्षरता सम्वन्धि अभिमुखिकरण

  • २३ फाल्गुन २०७४, बुधबार
  • धिरन खत्री
  • 2175 पटक पढिएको

म्याग्दी, २३ फागनु । बेनी नगरपालिका वडा ८ को आयोजनामा बुधवार बेनीमा महिला कानुनी साक्षरता सम्वन्धि अभिमुखिकरण गरिएको छ । महिलाहरुको आर्थिक शसक्तिकरण र सामाजिक जागरण, ग्रामिण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण भन्ने मुलनाराका साथ १०८औँ नारी दिवसको अवसरमा उक्त अभिमुखिकरण कार्यक्रम संचालन गरेको हो। कार्यक्रममा जिल्ला न्यायाधिस राजकुमार कोइरालाले कानुन सम्वन्धि उपस्थित महिलाहरुलाई जानकारी गराएका थिए ।

सो कार्यक्रममा कोईरालाले देवानी मुद्धा र फौजदारीबारे ब्याख्या गर्दै देशमा भएको महिला सम्वन्धि कानुनको अवस्था र प्रयोगबारे सहजीकरण समेत गरेका थिए । समाजमा विभिन्न कारणले अन्यायमा परेका आर्थिक अवस्था कमजोर भएर न्याय पाउन नसकेका महिलाहरुलाई नेपाल सरकारले न्यायका लागि निशुल्क लड्ने वकिलको ब्यवस्था गरेको उनले जानकारी गराए ।

अदालतभन्दा बाहिर न्यायका नाममा वकिलले लिने महंगो शुल्कमा नफसी अदालतमा रहेका वकिलबाट सेवा लिन उनले आग्रह गरेका थिए । समाजमा हुने ब्यक्तिगत विवाद, सम्पतिमा भएको विवादलाई समाधान गर्न समाजका अन्य महिलाहरु जागरुक हुनुपर्ने उनले सुझाव दिएका थिए ।

त्यस्तै प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले आफुमाथि भएको अन्यायलाई समाधान गर्न समाजका सबै महिलाहरु एक जुट हुन आवश्यक रहेको बताएकी थिईन । उनले समाजमा भएको आन्तरिक विभेद अन्त्य गर्न महिलाहरु पहिला कानुन सम्वन्धि जानकारी राख्न आग्रह गर्दै समाजमा महिलामाथि महिलाले गर्ने र्दुब्यवहार हटाउन सबै सक्षम हुन आवश्यक रहेको बताएकी थिईन ।

त्यस्तै सो कायक्रममा बेनी नगरपालिका उपमेयर सन्जु बरुवालले समाजमा महिलाहरुले सक्षम भुमिका प्रस्तुत गर्दै आत्मनिर्भर बनेर एकले अर्कोलाई सहयोग गर्ने बातावरण सिर्जना गर्न आग्रह गरेकी थिईन । अभिमुखिकरण कार्यक्रममा वडा अध्यक्ष रामकृष्ण बराईलीको अध्यक्षता तथा स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन वडा सचिव कृष्ण सुवेदीले गरेका थिए ।

सो कार्यक्रममा वडा ८ का ६० भन्दा बढी महिलाको उपस्थित रहेको थियो । सो कार्यक्रममा कानुनी समस्या तथा कानुनी जटिलताबारे समाजमा देखिएका समस्याहरुबारे सहभागीहरुले जिज्ञासा राखेका थिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l