मुनामा आयोजित निशूल्क स्वास्थ्य शिवीरमा बिरामीको घुईचो (फोटो फिचर)
- ११ फाल्गुन २०७४, शुक्रबार
- 1926 पटक पढिएको
मुना ११ फागुन । म्याग्दीको धौलागिरी गाउँपालीका ३ मुनामा शुक्रबारदेखि निशूल्क बिशेषज्ञ स्वास्थ्य शिवीर सुरु भएको छ ।धौलागिरी गाउँपालीकाको आयोजना र जिल्ला स्वास्थ्य कार्यालयको प्राबिधिक सहयोगमा सञ्चालीत शिवीरमा बिरामीको घुईचो लागेको छ । शिवीरको पहिलो दिन ६५६ जनाले सेवा लिएको गाउँपालीकाको स्वास्थ्य शाखाका संयोजक लोकनाथ पौडेलले जानकारी दिनुभयो ।
४८ जनाले भिडीयो एक्सरे, २२ जनाले ईसीजी, आठ वटा सर्जरी र १२ जनाले परिवार नियोजन सम्बन्धि सेवा लिएका छन् । शिवीरमा साधारण स्वास्थ्य परिक्षण, स्त्री, हाडजोर्नी तथा नशारोग, आँखा, दाँत, सर्जरी, मुटुरोगसंग सम्बन्धित उपचार सेवाका साथै ईसीजी, भिडीयो एक्सरे, परिवार नियोजन सेवा दिइएको छ ।
शिवीरमा स्वास्थ्य परिक्षण, परामर्शका साथै निशूल्क औषधी वितरणको सुबिधा दिइएको छ । शनिबारसम्म सञ्चालन हुने शिवीरमा मुना, मुदी, लुलाङ, गुर्जा र ताकमका सर्वसाधारण शिवीरमा सेवा लिन आएका छन् । गाउँमै विशेषज्ञ सेवा पाएपछि दुर्गम ग्रामिण क्षेत्रका बासिन्दालाई राहत मिलेको मुनाका देवेन्द्र रोकाले बताउनुभयो ।
ग्रामिण क्षेत्रमा रोग लुकाएर र सहेर बस्न बाध्य भएकाले टेवा मिलेको उहाँले बताउनुभयो । बेनी, पोखरा, काठमाडौका अस्पतालको सेवा गाउँमै पाएकोमा ताकमका रामबहादुर खत्रीले खुसी व्यक्त गर्नुभयो ।
जिल्ला स्वास्थ्य प्रमुख डाक्टर रोशन न्यौपानेको नेतृत्वमा ग्राण्डी अस्पतालका सर्जन डाक्टर सुसील सापकोटा, बेनी अस्पतालका बिवेक पौडेल, तिलक गौतम, भुषण सुवेदी, धनबहादुर थापा, हेमा छन्त्याल लगायतको टोलीले सेवा दिएको छ ।
कमजोर आर्थिक अवस्था, गरिबी र भौगोलिक बिकटताका कारण सहर बजारका अस्पतालमा पुगेर सेवा लिन नसकेका दुर्गम ग्रामिण क्षेत्रका बासिन्दाको सुबिधाका लागि शिवीर सञ्चालन गरिएको गाउँपालीकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।
स्वास्थ्य शिवीर सञ्चालनका लागि गाउँपालीकाले तिन लाख रुपैया बजेट बिनियोजन गरेको उपाध्यक्ष रेशम छन्त्यालले बताउनुभयो । शिवीर सञ्चालनका लागि युसएसआईडी, परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम लगायतले पनी सहयोग गरेका जनाइएको छ ।