परिवार नियोजनको अस्थायी साधानको घुम्ती शिविर सम्पन्न

  • ९ फाल्गुन २०७४, बुधबार
  • 3457 पटक पढिएको

म्याग्दी, ९ फागुन। म्याग्दीको मालिका गाँउ पालिका—२ रुममा परिवार नियोजनको अस्थायी साधन सेवाको घुम्ती शिविर सम्पन्न भएको छ । युएसआईडी, मेरि—स्टोप्स तथा सुनौलो परिवार नेपाल तथा सिफो टु को आयोजनामा घुम्ती शिविर सम्पन्न भएको हो । शिविरमा १४ जना महिलाहरुले परिवार नियोजनको अस्थायी साधन ईम्पलान्ट लगाउनु भएको सिफो टु का एफपिक्युसी रिता वुढाले जानकारी दिनुभयो ।

सोही अवसरमा स्वास्थ्य संस्था व्यवस्थापन समिति तथा महिला स्वास्थ्य स्वयंसेविका वीच पुनरावलोकन तथा छलफल कार्यक्रम समेत सम्पन्न भएको छ । जसमा पहिले भएको कार्यक्रमको पुनःसमिक्षा ,परिवार नियोजनका नीति नियम तथा भैपरि आउने घटना व्यवस्थापन गर्ने तरिकाको वारेमा एफपिक्युसी रिता वुढा र सदिक्षा श्रेष्ठले जानकारी दिनुभयो ।

सो अवसरमा मालिका गाँउपालिकाका स्वास्थ्य संयोजक राजेश थापा मगर,स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष नर वहादुर पुन लगायतले म्याग्दी जिल्लामा सञ्चालित परिवार नियोजन सुदृढीकरण कार्यक्रम निक्कै प्रभावकारी भएको वताए, उनीहरुले परिवार नियोजन सेवाको पहुँच नपुगेको ठाँउमा समेत सेवा प्रदान गर्ने गरेको भन्दै सिफोलाई धन्यवाद समेत दिए ।