बेनीमा बजार सरसफाई
- ६ फाल्गुन २०७४, आईतवार
- 1805 पटक पढिएको
बेनी ६ फागुन । ६८ औ प्रजातन्त्र दिवस मुल समारोह समितिको आयोजनामा आईतबार बेनीमा बजार सरसफाई गरिएको छ ।
खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय र म्याग्दी उद्योग वाणिज्य संघको संयोजनमा बेनीको कालीपुल, दरवाङ्ग बसपार्क, खेलमैदान लगायत सार्वजनीक स्थलहरुको सरसफाई गरिएको हो । सार्वजनीक स्थलहरुमा फालीएका पलास्टीक जन्य र नकुहिने फोहोर संकलन गरेर बेनी नगरपालीकाको ट्याक्टर मार्फत व्यवस्थापन गरिएको थियो ।
सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ लगायत जनप्रतिनिधि, कार्यालय प्रमुख, कर्मचारी, सुरक्षाकर्मी, ब्यापारी र बजारबासीहरुको सहभागीता रहेको थियो ।
जिसस प्रमुख केसीको अध्यक्षतामा गठन भएको ६८ औ प्रजातन्त्र र दोस्रो निर्वाचन दिवस आईतबारदेखि त्रिदिवसीय कार्यक्रम गरेर मनाउने निर्णय भएअनुसार सरसफाई गरिएको हो । आईतबार साँझ सरकारी कार्यालय र मठमन्दिरमा दिपावली तथा सोमबार बेनीमा र्याली र समारोहको आयोजना गरेर दिवस मनाउने कार्यक्रम तय भएको छ ।