ग्राफिक्स कम्प्युटर जेसीटीको प्रथम वार्षिकोत्सव
- ५ फाल्गुन २०७४, शनिबार
- 2149 पटक पढिएको
सन्दीप खत्री।
म्याग्दी ६ फागुन । बेनीमा रहेको ग्राफिक्स कम्प्युटर सेन्टरले प्रथम वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । सिटीईभीटीबाट जुनियर कम्प्युटर टेक्सीयन सञ्चालनका लागि मान्यता प्राप्त सेन्टरले अभिभावक भेला, पुरस्कार वितरण तथा विविध साँस्कृति कार्यक्रम गरीे स्थापना दीवस मनाएको हो । ग्राफिक्स कम्प्युटर सेन्टरका अध्यक्ष धु्रव जिसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले वर्तमा युग भनेको प्रविधिको युग भएको भन्दै कक्षामा सिकेका कुराहरुबाट आत्मनिर्भर बन्नु पर्ने बताए ।
सेन्टरबाट उत्पादन भएका विद्यार्थीहरुलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा काम गर्न सक्ने क्षमतावान बनाउन र उनीहरुका सर्टीफिकेटले उचित मान्यता पाउने गरी अगाडि बढ्न सुझाव दिए । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा, म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतम, म्याग्दी जेसीजका अध्यक्ष कमल विश्वकर्मा, लोक तथा दोहारी गीत प्रतिष्ठान धौलागिरीका कोषाध्यक्ष नकुल ढकाल, म्याग्दी साहित्य सञ्चारका अध्यक्ष लोकनाथ भुषाल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
४० जनाको अध्ययन अध्यापनको अनुमति पाएपनि हाल २५ जना विद्यार्थीहहरु मात्र अध्ययनरत छन् । कार्यक्रमको अवसरमा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक तथा सांगितिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । त्यसैगरी प्रथम त्रैसिक परिक्षामा उत्कृष्ट नतिला ल्याउने विद्यार्थी र खेलकुद कार्यक्रमा विजयी विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिएको थियो । सेन्टरका सञ्चालक महेन्द्र बानियाँको सञ्चालन र सञ्चालक बसन्त श्रेष्ठको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।