बेनपाका जनप्रतिनिधि र कर्मचारीको अभिमुखीकरण कार्यक्रम सुरु
- ४ फाल्गुन २०७४, शुक्रबार
- सन्तोष गौतम
- 1477 पटक पढिएको
गलेश्वर, ४ फागुन । बेनी नगरपालीकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई स्थानीय सरकार सञ्चालन सम्बन्धि अभिमुखीकरण कार्यक्रम शुक्रबारदेखि गलेश्वरमा सुरु भएको छ ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, १० वटा वडाका अध्यक्ष, कार्यपालीका सदस्य, विभिन्न शाखाका प्रमुख, कर्मचारी र वडा सचिवहरुको सहभागीता रहेको छ ।
स्थानीय तहको अधिकार, काम, कर्तब्यको बारेमा छलफल गरी नगरपालीकाको विकास गतिबिधि र सेवा प्रवाहलाई व्यवस्थित तथा सहज बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले बताउनुभयो ।
तालीममा नगर कार्यपालीकाको काम कर्तब्य र अधिकार, आवधिक योजना तर्जुमा, वार्षिक योजना तथा समन्वय अनुगमन, कार्यान्वयन, स्थानीय तहबाट हुने सिफारीस सम्बन्धि व्यवस्था, स्थानीय सरकारको वित्त व्यवस्थापन लगायतका विषयमा अभिमुखीकरण गरिने भएको छ ।
तालीमको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, रमेश अधिकारी, डिलाराम पन्थी लगायतले सहजिकरण गर्नुहुने जनाइएको छ । स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिबीच रहेको दुरी घटाई बुझाईमा एकरुपता कायम गरी कार्य सम्पादनमा सहजता ल्याउन कार्यक्रम सहयोगी बन्ने अपेक्षा गरीएको छ ।