म्याग्दी बहुमुखी क्यामपसमा रक्तदान

  • ३ फाल्गुन २०७४, बिहीबार
  • रन्जना श्रेष्ठ
  • 1973 पटक पढिएको

म्याग्दी, ३ फागुन  ।म्याग्दी तथा अन्य स्थानमा रगतको अभाव नहोस र क्याम्पसबाट पनि केहि सहयोग होस भन्ने उद्देश्यले म्याग्दी क्यामपसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। स्वतन्त्र विद्यार्थी यूनियनको आयोजना र नेपाल रेडक्रस सोसाइटी रक्तसंचार बेनिको प्राविधिक सहयोगमा म्याग्दी बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हाम्रो शरिरको बाट ३ महिना मा रगत पानि बनि खेर जाने गर्दछ ।

त्यसैले हाम्रो शरिरको रगत यतिकै खेर जानुको सट्टा दान दिएमा कसैको ज्यान बचाउन सकिन्छ र रक्तदान नै सबै भन्दा ठुलो दान हो र सवैलाई रक्तदान गर्न आग्रह गर्दै नेपाल रेडक्रस सोसाइट म्याग्दीका सभापति लेख बहादु्र हमालले आफनो मन्तव्य राख्नु भएको थियो ।

रक्तदान कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुको सकृय सहभागिता रहेको थियो । उक्त कार्यक्रममा २५ जनाले आफनो रक्तदान गरेका थिए । १८ बर्ष पुरा भएका तथा रक्तचाप राम्रो भएका महिलाले हरेक ४÷४ महिनामा र पुरुषले हरेक ३÷३महिनामा रक्तदान दिन सक्दछन् ।

रक्तदानमा प्राविधिक सहयोग गर्ने रेडक्रस म्याग्दीका सभापति लेख बहादुर हमाल, रक्तसंचार केन्द्र म्याग्दीका अध्यक्ष सुरज के.सि . र प्राविधिक टोलिका याम थापा , रस्मिता भण्डारीलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो ।

स्ववियू सभापति सावित्रा खत्रिको अध्यक्षता नेपाल रेडक्रस जिल्ला शाखा म्याग्दीका अध्यक्ष लेख बहादु्र हमालको प्रमुख आतिथ्यता म्याग्दी क्यामयस प्रमुख टिकाराम सापकोटा एवम् रक्तसंचार केन्द्र म्याग्दीका अध्यक्ष सुरज के.सि  .को विशिष्ट आतिथ्यता स्ववियूका कर्ण ब. मल्लको संयोजन तथा स्ववियूृ उपसभापति ईश्वर सुबेदीको कार्यक्रम संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

रन्जना श्रेष्ठ