मुक्तिधाम माविमा हाजिरजवाफ प्रतियोगिता सम्पन्न
- १९ माघ २०७४, शुक्रबार
- 2211 पटक पढिएको
म्याग्दी, १९ माघ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ मा अवस्थित मुक्तिधाम माध्यमिक विद्यालयमा अन्तर मावि स्तरीय हाजिरजवाफ प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ ।
मुक्तिधाम मावि स्रोत केन्द्रको समन्वयमा विद्यालयले आयोजना गरेको सो प्रतियोगितामा मुक्तिधाम मावि प्रथम, जनतामावि दग्नाम द्धितिय र रघुगंगा मावि पिप्ले तृतिय हुन सफल भएका छन् ।
विभिन्न ५ विद्यालयले सहभागीता जनाएको सो प्रतियोगितामा प्रथम, द्धितिय र तृतियलाई क्रमश : नगद रु १ हजार २ सय, ९ सय र ६ सयका दरले पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि स्रोत व्यक्ति दुतबहादुर गर्वुजा, विद्यालयका प्रअ अमर बहादुर केसी लगायतले विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो भने शिक्षकद्धय विष्णुप्रसाद रेग्मी र रामजी भण्डारीले सहजीकरण गर्नुभएको थियो ।