अनेरास्ववियूद्धारा दृष्टिबिहीन विद्यार्थीलाई न्यानो कपडा वितरण

  • ९ माघ २०७४, मंगलवार
  • 2195 पटक पढिएको

म्याग्दी, ९ माघ । अनेरास्ववीयु म्याग्दीले मंगलबार रघुगंगा गाउँपालीका ३ मौवाफाँटमा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिबिहीन श्रोत कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । १७ जना विद्यार्थीहरुलाई सर्ट, ज्याकेट, टोपी, गलबन्दि लगायत कपडा वितरण गरिएको अनेरास्ववीयु म्याग्दीले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष गोविन्द रिजाल र प्रअ निलकण्ठ सुवेदीको रोहबरमा अनेरास्ववीयु म्याग्दीका अध्यक्ष सुवास बिक, कोषाध्यक्ष दर्पण रोका र सन्दिप शर्माको टोलीले कपडा वितरण गरेको थियो ।

यसअघि सोमबार बेनपा ५ बगुवाखोलाको बालजागृती आधारभुत विद्यालयका वौद्धीक अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको थियो ।