चर्चित कलाकारहरुको प्रस्तुतीले महोत्सव संगीतमय (फोटो फिचर)

  • ४ माघ २०७४, बिहीबार
  • 2409 पटक पढिएको

म्याग्दी, ३ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सव चर्चित राष्ट्रिय कालकारहरुको प्रस्तुतीले संगीतमय बनेको छ । बुधवार चर्चित राष्ट्रिय कलाकाहरु प्रमोद खरेल, कर्ण दास, याम क्षेत्री लगायतका कलाकारहरुको विशेष साँगेतिक प्रस्तुती रहेको थियो ।

माघ महिनाको चिसो मौसमको प्रवाह नगरिकन चर्चित कलाकारहरुको प्रस्तुतीमा रमाउन खुलामञ्च पुगेका दर्शकहरुले खुलामञ्च भरिभराउ भएको थियो ।

स्थानीय कलाकारहरुको साँगेतिक प्रस्तुतीमा रमाईरहेका दर्शकहरुलाई सुरुवातमा लोकगायक याम क्षत्री र आधुनिक गायक कर्ण दासको प्रस्तुतीले लोभ्याईरहेको थियो । तर जब युवा दर्शकहरुले रुचाएका चर्चित गायक प्रमोद खरेल स्टेज प्रवेश गरे तब दर्शकदिर्घामा रहेका युवाहरुले गायक खेरललाई हुटिङ गर्दै स्वागत गरे ।

युवा जमातलाई नचाउँदै आफ्नो प्रस्तुती राखेका खागयक खरेलले दर्शकहरुको माग बमोजिम थप गितहरु समेत गाउन भ्याएका थिए । बुधवार म्याग्देली मोडल रविना भण्डारी, बिनु कार्की र जमुना देवकोटाले समेत आकर्षक नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरि गायक जिवन कार्की, निराजन शेरचन, गायीका मिलन विश्वकर्मा लगायतको साँगेतिक प्रस्तुती रहेको सो कार्यक्रममा नेपाल मगर संघ म्याग्दीले लोपउन्मुख बनेको यानीमायाँ भाका प्रस्तुत गरेका थिए ।