बेनीमा माघे सङ्क्रान्ति पर्वको अवसरमा मगर संघ म्याग्दीको साँस्कृतिक झाँकी पर्दशन (भिडियो सहित)

  • १ माघ २०७४, सोमबार
  • 2939 पटक पढिएको

म्याग्दी, १ माघ । बेनीमा माघे सङ्क्रान्ति पर्वको अवसरमा आज बेनीमा नेपाल मगर संघ म्याग्दीले साँस्कृतिक झाँकी पदर्शन गरेको छ । मगर समुदायको मौलिक भेषभुषामा सजिएर सयौँको संख्यामा निकालिएको प्रभातफेरी ¥यािलीमा मगर समुदायको पुख्र्यौली नृत्य लगायतका संस्कृति प्रदर्शन गरिएको थियो ।

बालबालिका देखि युवायुवती र पौढ उमेरका मगर समुदायका व्यक्तिहरु प्रभातफेरी कार्यक्रममा जातिय भेषभुषामा सजिएका थिए ।माघे संक्रान्ति पर्वको अवसरमा संघले शुभकामना आदान प्रदान कार्यक्रम सहित मौलिक संस्कृतिको पदर्शन कार्यक्रम समावेश गरेको नेपाल मगर संघ म्याग्दीका सचिब लोकेश पुन मगरले बताउनुभयो ।