अन्नपूर्ण गाउँपालिकामा ६९ जना अपाङ्गलाई परिचयपत्र वितरण
- २३ पुष २०७४, आईतवार
- सन्तोष गौतम
- 1865 पटक पढिएको
म्याग्दी, २३ पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाको आयोजनामा शनिबार पोखरेबगरमा अपाङ्गता परिचयपत्र वितरणका लागि घुम्ती शिवीर सम्पन्न भएको छ । महिला तथा बालबालिका र जिल्ला स्वास्थ्य कार्यालयको प्राबिधिक सहयोगमा दुई दिनसम्म सञ्चालीत शिवीरबाट ६९ जनालाई विभिन्न वर्गको अपाङ्गाता परिचयपत्र वितरण गरिएको छ ।
३५ जना महिला र ३४ जना महिलालाई परिचयपत्र वितरण गरिएको गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत अच्युत दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार क वर्गका ४ जना, ख बर्गका २५ जना, ग वर्गका १७ जना र घ वर्गका २३ जनालाई परिचयपत्र वितरण गरिएको हो ।
दुर्गम ग्रामिण क्षेत्रका अपाङ्गता भएका नागरीकहरुलाई स्थानीय स्तरमै सहज रुपमा परिचयपत्र प्रदान गरि राज्यले प्रदान गर्ने सेवा सुबिधामा पहुँच बढाउने उद्देश्यले शिवीर आयोजना गरिएको गाउँपालीकाका अध्यक्ष डमबहादुर पुनले जानकारी दिनुभयो । गाउँपालीकाका ८ वटै वडाका नागरीकले शिवीरबाट सेवा लिएका छन् ।