तातोपानी कुण्डमा स्नानको भिड

  • २१ पुष २०७४, शुक्रबार
  • धिरन खत्री
  • 3452 पटक पढिएको

म्याग्दी, २१ पुष । म्याग्दीको बेनी नगरपालिका ४ सिगाँमा रहेको प्रसिद्ध तातोपानी कुण्डमा पुष माघको जाडो सिजनमा स्नान गर्ने मानिसहरुको भिड लागेको छ । उपचारको रुपमा प्रसिद्ध रहेको तातोपानी कुण्डमा विरामी संगै अन्य मानिसहरुको भिड लाग्ने गरेको हो ।


तातोपानी कुण्डमा डुब्नेको भिड भएपछि त्यहाँ पुरुष र महिलाको समय तालिका विहिबार देखि लागु गरिएको तातोपानी कुण्ड ब्यवस्थापन समितिका सचिव भिम बानियाँले बताए । विभिन्न रोगबाट ग्रसित म्याग्दी, बागलुङ, पर्वत लगायत जिल्लाका विरामी तथा अन्य मानिसहरुको चाप बढेपछि महिला र पुरुषलाई दुई दृुई घण्टाको डुब्ने समय छुटयाईएको तातोपानी कुण्ड ब्यवस्थापन समितिका सचिव बानियाँले जानकारी दिए ।


औषधीको रुपमा प्रसिद्ध रहेको तातोपानी कुण्डमा विरामी संगै अन्य मानिसहरुको भिड लागेपछि ब्यवस्थापनका लागि समय तालिका छुट्याएको हो । विभिन्न रोगबाट ग्रसित भएर ठुुल्ठुला अस्पतालमा सम्भव नभएका विरामीहरु त्यहाँ आएपछि धेरै सुधार हुने भएपछि विरामीलाई ब्यवस्थापन गर्नका लागि समय तालिका छुट्याएको कुण्डका कर्मचारी बताउछन् ।
तातोपानी कुण्डबाट भएको आम्दानीबाट तातोपाानी कुण्डको विरामीलाई सेवा पुग्ने गरि भौतिक संरचना निर्माण, सरस्वती माध्यमिक विद्यालय भौतिक संरचना निर्माण तथा अस्थाई शिक्षक लागि तलव ब्यवस्थामा आर्थिक सहयोग र कुण्ड ब्यवस्थापनले रोजगारको बाताबरण समेत सिर्जन गर्न सफल भएको छ ।
तातोपानी कुण्डमा विरामी तथा अन्य मानिसहरुको भिड लागेपछि होटल ब्यवसायि थपिदै गएको हुदाँ रोजगारको वातावरण समेत कुण्डले सिर्जना गरेको छ ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l