तिप्ल्याङका आगलागी पिडितलाई नेकपा एमालेद्धारा रु १ लाख ६ हजार राहत प्रदान

  • १३ पुष २०७४, बिहीबार
  • 2039 पटक पढिएको

म्याग्दी, १३ पुस । म्याग्दीको रघुगंगा गाउँपालीकाले वडा न. १ तिप्ल्याङका आगलागी पिडितलाई नेकपा एमाले म्याग्दीले रु १ लाख ६ हजार बढी राहत सहयोग गरेको छ । गत शनिबार दिउँसो आगलागी हुदा तिप्ल्याङका बेगबहादुर पुर्जा र राजकुमारी तिलीजाको घर ध्वस्त भएको थियो । आगलागीबाट पिडित भएकाहरुलाई नेकपा एमाले म्याग्दीद्धारा संकलन भएको रु १ लाख ६ हजार ११५ सहयोग रकम विहिवार उपलब्ध गराईएको हो ।


सो रकममध्ये आगलागीबाट ठुलो भौतीक क्षती व्यहोरेका बेगप्रसाद पुर्जालाई रु ९५ हजार ११५ र राजकुमारी तिलिजालाई रु ११ हजार सहयोग गरिएको नेकपा एमाले जिल्ला सचिब बालकृष्ण सुवेदीले जानकारी दिनुभयो । कार्यक्रममा एमाले उपाध्यक्ष एबम् जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी, एमाले जिल्ला सचिब बालकृष्ण सुवेदी, जिल्ला सचिबालय सदस्य तर्क केसी, सन्तोष रावल, युवा संघका केन्द्रिय सदस्य कृष्ण विक, युवा संघका पूर्व जिल्ला अध्यक्ष दिनेश केसी, युवा संघका जिल्ला अध्यक्ष प्रविण शाही लगायतले पिडित परिवारलाई राहत हस्तान्तरण गर्नुभएको थियो ।


आगलागीबाट घरभित्रको सम्पूर्ण सामान सहित घर, फर्निचर लगायतको सबै सामान जलेर ठुलो क्षती व्यहोरेको समयमा नेकपा एमाले म्याग्दीले बेनीमा संकलन गरि उपलब्ध गराएको सो सहयोगले पिडित पुर्जा र तिलिजा परिवारलाई राहत मिलेको छ । पिडितहरुले सहयोगदाताहरुलाई धन्यबाद ज्ञापन समेत गरेका छन् ।
सहयोगदाताको नामावली