बेनी नगर स्तरीय शिक्षा योजना तर्जुमा सम्बन्धि अभिमुखीकरण

  • ११ पुष २०७४, मंगलवार
  • 1848 पटक पढिएको

म्याग्दी, ११ पुस । म्याग्दी सदरमुकाम बेनीमा दुई दिने बेनी नगर स्तरीय शिक्षा योजना तर्जुमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम मंगलवारदेखि सुरु भएको छ । नगरपालिकाले निर्माण गर्ने शिक्षा योजनामा समावेशी शिक्षाका लक्षित समुदायलाई कसरी समेट्ने, विविध कारणले अध्ययनको अवसरबाट बन्चित भएका बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउन के–कस्ता योजना तर्जुमा गर्ने लगायतको बिषयमा अभिमुखीकरण हुने जनाईएको छ । बेनी नगरपालिकाका जनप्रतिनिधि, वडा सचिब , नगरपालिकाका विभिन्न विद्यालयका प्रअ, स्रोत व्यक्ति लगायतका सरोकारवालाहरुको सहभागीता रहेको कार्यक्रममा शिक्षा विभागका उपनिर्देशक बाबुराम ढुंगानाले सहजीकरण गर्नुभएको छ ।


बेनी नगरपालिकाको समन्वय, प्लान ईन्टरनेशनलको आर्थिक सहयोग र अपांग संघ म्याग्दीको आयोजनामा सुरु भएको अभिमुखीकरण कार्यक्रमको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले मावि तह सम्मको विद्यालयहरुको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहलाई हुने भएकाले नगरपालिको निकट भविश्यमा निर्माण गर्न लागेको नगर शिक्षा योजनाको लागि कार्यक्रम फलदायी हुने बताउनुभयो ।

सो कार्यक्रममा कार्यक्रमका प्रमुख प्रशिक्षक शिक्षा विभागका उपनिर्देशक बाबुराम ढुंगाना, निमिक्त जिल्ला शिक्षा अधिकारी विश्वप्रसाद रेग्मी, प्लान इन्टरनेशनलका समावेशी शिक्षा प्रवद्र्धन कार्यक्रमका कार्यक्रम अधिकृत सन्दिप विक, म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख टिकाराम सापकोटाले नगरक्षेत्रको शिक्षा योजना निर्माण गर्दा अपनाउनुपर्ने प्रकृया तथा समेटीनुपर्ने पक्षहरुको बारेमा सुसुचित हुने कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । अपांग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीको अध्यक्षता, गोरी दर्जीको स्वागत र सचिब सुरेन्द्र केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।