माओवादी चुनावी समिक्षामा

  • ६ पुष २०७४, बिहीबार
  • 1789 पटक पढिएको

 

बेनी ६ पुष । नेकपा माओवादी केन्द्र म्याग्दीले हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावको समिक्षामा जुटेको छ ।


बेनी स्थित माओवादी पार्टी कार्यालयमा बिहीबार बसेको कार्यालय बैठकले बिजयी उमेद्वारलाई बधाई, मतदाता, कार्यकर्ता र शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गरेको छ । मंसिर दश गते पहिलो चरणमा भएको चुनावमा म्याग्दीमा एमाले र माओवादी केन्द्रको बाम गठबन्धन बिजयी भएका थिए ।

प्रदेशसभा क्षेत्र क मा माओवादी केन्द्रका बिनोद केसी बिजयी हुनुभएको थियो । यसैगरी प्रतिनिधिसभामा एमालेका भुपेन्द्रबहादुर थापा र प्रदेशसभा क्षेत्र ख मा एमालेकै नरदेवी पुन बिजयी हुनुभएको थियो । जिल्ला संयोजक गोविन्द पौडेलको अध्यक्षतामा सम्पन्न बैठकले स्थानीय तह स्तरमा समिक्षा बैठक सञ्चालन गर्नका लागि मिती तय गरेको छ ।
यसैगरी माओवादीका पुर्व नेता कार्यकर्ताहरुलाई पार्टीमा एकतावद्ध हुनका लागि आव्हान गरेको कार्यालय सदस्य तथा प्रचारप्रसार संयोजक शेरबहादुर केसीले जानकारी दिनुभयो । बेनी नगरपालीकामा पुष ८ गते, धौलागिरी गाउँपालीकामा पुष १३ गते, रघुगंगामा १४ गते, मंगलामा १५ गते, मालीकामा १६ र अन्नपूर्णमा १८ गते समिक्षा बैठक गर्ने निर्णय भएको छ ।
सबै स्थानीय तह स्तरमा समिक्षा बैठक बसेपछि पुष २७ गते जिल्ला कमिटिको पूर्ण बैठक बस्ने निर्णय गरेको छ । अन्नपूर्ण गाउँपालीकाको पुरानो कमिटि भंग गरेर नयाँ कमिटि गठन गरेको माओवादी केन्द्रले जनाएको छ । बागबिर पाईजाको संयोजकत्वमा २१ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको छ ।