चिसो मौसमका कारण जोमसोम–कोरला सडक निमार्णकार्य रोकियो ,म्याग्दी खण्डमा निर्माणकार्य तिब्र
- ६ पुष २०७४, बिहीबार
- सुन्दर कुमार थकाली, मुस्ताङ
- 1632 पटक पढिएको
उत्तर—दक्षिण व्यापारिकमार्ग विस्तारित आयोजना,कालिगण्डकी करिडोर अन्तर्गतको बहुचर्चित जोमसोम÷ कोरला सडक निर्माणकार्य चिसो मौसमले प्रभावित बनेको छ ।जोमसोम–कोरला १ सय १० किमी सडकको निर्माणकार्य मंसिर अघि स्थगित भएको हो ।कुल ७ खण्डमा बिभाजित सडकको हाल २ खण्डमा मात्र काम भैईरहेको बताईएको छ ।यता बेनी देखि जोमसोम खण्डको ७६ किमी सडकमा भने धमाधम निमार्णकार्य अघि बढेको छ । मुस्ताङको सदरमुकाम जोमसोम देखि झैते सम्मको ५२ किमी सडकको ४ खण्ड र झैते देखि कोरला सम्मको ५८ किमी सडक ३ खण्डमा निमार्णकार्य भएकोमा अत्यधिक चिसो र हिमपातका हुँने भएकाले झैते–कोरला ५८ किमी सडकको १ खण्ड र जोमसोम – झैते सडकको १ खण्ड बाहेक बाँकी ५ खण्डको निर्माणकार्य स्थागित गरिएको छ ।
जोमसोम देखि कोरलाको निर्माणधिन सडक मध्ये २ खण्डमा मात्र यतिबेला काम भएको ईन्जिनीयर जगत प्रजापतिले जानकारी दिए । उनले जोमसोम झैते ५८ किलोमिटर सडकको ५ पाचौ खण्ड र झेतै –कोरला सडकको छैटौ खण्डमा निर्माणकार्य जारी रहेको बताए । सडकको पाचौ खण्डमा कन्टेक कान्छाराम कोशी एन्ड न्यौपाने जेभी र छैटौ खण्डमा कञ्चनजंघा लामा मोतिदान जेभीले मात्र यतिबेला निमार्णकार्यलाई निरन्तरता दिएका हुँन् ।जोमसोम÷कोरला सडकको चैलेको उकालो र घ्याकरको डाडाँ गरेर दुई खण्डमा सडकको काम भैईरहेको छ । आ.व.०७२–०७३ को असार महिना देखि सुरु भएको जोमसोम÷कोरला सडकको निमार्णकार्य डेढवर्षमा करिव ३० प्रतिशत काम संम्पन्न भएको छ । उत्तरी छिमेकी देश चिनको तिब्बत संग सिमाना जोडिएको दुईलेनको ग्राभेल सडकको निमार्णकार्य तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले २ अर्ब ६ करोड बजेट बिनियोजन गरेको थियो ।
जोमसोम कोरला सडक परियोजना अन्तर्गत जोमसोम देखि झैते सम्म ४ खण्डको सुरुको १८ किमी सडक बज्रगुरु खड्गकृष्ण जेभी,१८ देखि २९ किमी सडक दिवाडाँफे एपेक्स जेभी,२९ देखि ४० किमी सडक कन्टेक कान्छाराम कोशी एण्ड न्यौपाने र ४० देखि ५२ किमी कञ्चनजंघा लामा बिल्डर्स बिरुवा जेभीले निमार्णको जिम्मा लिएका हुन् ।त्यसैगरि झैतै÷कोरला ५८ किमी सडकको सुरुको १९ किमी सडक कञ्चनजंघा लामा मोतिदान जेभी,१९ देखि ४४ किमी सडक तामाङ गौरी पार्वती कोशी एन्ड जेभी र ४४ देखि ५८ किमी सडक बिरुवा रौटाहा एपेक्स जेभी कन्ट्रयाक्टरले निर्माणको जिम्मा लिएका छन् ।जोमसोम÷कोरला सडकको निर्माण तथा बिस्तारका लागि २ वर्षमा संम्पन्न गर्ने आयोजनाको लक्ष्य छ ।तर आयोजनाले तोकेको समय अविधिमा सडकको निमार्णकार्य पूरा हुँने सम्भावना न्यून देखिन्छ ।वर्षायामको मौसममा कालिगण्डकी नदीको बहाव बढ्ने, हिउँदयाममा चिसो शित लहर छाउँने र हिमपात हुँने भएकाले निर्माणकार्य शहज रुपमा अघि बढ्न नसकेको ईन्जिनीयर प्रजापतिको भनाई छ ।
बेनी –जोमसोम सडकमा सवारीलाई समय तालिका
बेनी –जोमसोम निमार्णधिन सडकमा मुस्ताङ ओहोर दोहोर गर्ने सवारी साधनलाई समय तालिका मिलाईएको छ ।सडकको निर्माणकार्यलाई बाधा पूग्ने भन्दै आयोजनाले सवारी साधनलाई यस्तो व्यवस्था मिलाएको हो । बेनीबाट मुस्ताङ जाने सवारीलाई प्रत्येक २—२ घण्टाको फेरोमा सवारी वारपार गर्न दिईने गरेको म्याग्दी सडकका सुपरभाईजर ईन्द्रसिंह तुलाचनले जानकारी दिए । उनले समय तालिका अनुसार सवारी वारपार गर्ने भएकाले सवारी साधनलाई रोक लगाईएको हो । म्याग्दीको काभे्रभीरमा वाल लगाउँने र ग्याबिन भर्ने काम भएको उनले बताए ।
बेनी जोमसोम सडक खण्डमा ३ पक्कीपूल निमार्ण हुँने भएको छ ।आयोजनाले म्याग्दीको राहुखोला र बेगखोलामा पक्कीपूल निर्माण गर्ने भएको हो ।त्यस्तै अर्को पूल मुस्ताङको थासाङ गाउँपालिका छाक्ताङमा पक्कीपूल निर्माण हुँनेछ ।यसका लागि आयोजनाले डिसेम्बर २ तारिखमा टेन्डर अवार्ड गरेर ठेक्का प्रक्रिया अघि बढाई सकेको आयोजना प्रमूख ईन्जिनीयर प्रजापतिले जानकारी दिए ।यि ३ पक्कीपूल मध्ये म्याग्दीको बेगखोलामा भएको बेलीब्रिज गतवर्षको बाढीले बगाएको थियो ।