छैटौ म्याग्दी महोत्सवको ५० प्रतिशत बढी तयारी पुरा, प्रचार प्रसारलाई व्यापक बनाउने
- २ पुष २०७४, आईतवार
- कमल खत्री
- 1755 पटक पढिएको
म्याग्दी, २ पुस । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा बेनीमा हुन लागेको छैटौ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको तयारीलाई तिब्र पारिएको छ । माघे संक्रान्ति पर्वको अवसरमा पुष २८ देखि माघ ७ गतेसम्म महोत्सवका साथै ४ नम्बर प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, ब्यापार मेला २०७४ को ५० प्रतिशत बढी तयारी पुरा भएको संघले जनाएको छ । आईतवार बेनीमा बसेको महोत्सव प्रचार उपसमितिको बैठकले महोत्सवलाई सफल बनाउनको लागि स्थानीय तथा राष्ट्रिय सञ्चार माध्ययमका साथै पर्चा, पम्प्लेट, ब्रुसर लगायतको माध्ययमबाट प्रचार प्रसारलाई व्यापक बनाउने निर्णय गरेको छ ।
खुलामञ्चमा हुने महोत्सवम स्थलका साथै प्रचार प्रसार, आर्थिक संकलन, प्रायोजकको खोजी, उपसमिति गठन लगायतको कार्य तिब्र गतिमा भएको र महोत्सबको ५० प्रतिशत बढी तयारी पुरा भएको संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले बताउनुभयो । उहाँका अनुसार, महोत्सव स्थलमा रहने कुल १८० वटा स्टलमध्ये ११० वटा बुक भैसकेको र ३५ वटा स्टल स्थानीय उत्पादनको प्रदशनी गर्नेहरुलाई निशुल्क उपलब्ध गराउने तयारी भएको अध्यक्ष कर्माचार्यले जानकारी दिनुभयो । महोत्सवको उद्घाटन सत्रमा बेनीमा जातिय पहिचान झल्कने झाँकी प्रर्दशनी गरिने प्रचार प्रसार संयोजक एवम् संघका सचिब सुवर्ण रिजालले बताउनुभयो ।महोत्सवको अबसरमा आयोजना हुने स्थानीय तह स्तरीय भलिबल र बास्केटबल प्रतियोगिता सञ्चालनको लागि जिल्ला भलिबल संघ र कालिपुल युथ युनाईटेड क्लबसंग समन्वय भईसकेको संघले जनाएको छ ।
महोत्सबलाई सफल बनाउन संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको नेतृत्वमा पदाधीकारी र कार्यसमिति सदस्यहरुको संयोजकत्वमा मुल र अन्य ३९ वटा उपसमिति गठन गरेर तयारीलाई व्यापकता दिईएको हो । महोत्सवमा स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र ब्यापार प्रर्वद्धन गर्ने उद्देश्य राखिएको छ । दश दिनसम्म सञ्चालन हुने महोत्सवमा डेढ लाख आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने अनुमान गरिएको छ । महोत्सव सञ्चालनको लागि ८३ लाख १३ हजार आम्दानी र ७३ लाख ११ हजार अनुमानीत खर्च हुने र महोत्सवको मुल प्रायोजक म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रिय रहने संघले जनाएको छ ।
महोत्सवको अवसरमा स्थानीय उत्पादन कृषिजन्य बस्तुको प्रदशनी तथा प्रतियोगिताको साथै राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनी समेत हुनेछ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती रहने महोत्सवमा लोकदोहोरी गित प्रतियोगिता समेत समावेश गरिएको छ । महोत्सवमा ५० रुपैयाको प्रवेश शुल्क बिक्रीबाट हुने आम्दानी मध्य पाँच रुपैया विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गरिने भएको छ । महोत्सवमा म्याग्दीको पर्यटन विकासको लागि म्याग्दी जिल्लाको सम्भावनाको विषयलाई समेटेर तयार पारिएको वृतचित्र र फोटो प्रदर्शनी हुने संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले बताउनुभयो । महोत्सवकै अबसरमा बेनी नजीकका ठाउँमा भ्रमणको व्यवस्था सहित कालिगण्डकी नदीमा ¥याप्टीङ गर्ने सुविधा समेत रहने आयोजकले जनाएको छ ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l