मृगौला पिडितलाई मल्कबाङ्ग समाज युकेको आर्थिक सहयोग

  • २६ मंसिर २०७४, मंगलवार
  • 1637 पटक पढिएको

म्याग्दी, १८ मंसिर । म्याग्दीको धौलागिरी गाउँपालिका–५ मल्कबाङ्गका मृगौला पिडित लक्षिण भलन्जा छन्त्याल र धन बहादुर बुढाथोकी मगरलाई मल्कबाङ्ग समाज युकेले रु १,९०,००० /- (एक लाख नब्बे हजार) आर्थिक सहयोग गरेका छन् । पोखरा–१६ बस्दै आएका २१ बर्षका लक्षिण भलन्जा छन्त्याल र बुढाथोकीलाई  उक्त रकम छन्त्याल संघ कास्कीका अध्यक्ष भक्त बहादुर घरब्जा छन्त्यालद्वारा हस्तान्तरण गरेको हो ।

निरन्तर डायलोसिस गर्दै आएका छन्त्याल र मगरको मृगौला प्रत्यारोपण गर्नको लागि करिब १० देखि १३ लाख रुपयाँ खर्च लाग्ने अनुमानित गरिएको परिवार पक्षले बताएका छन् । यति ठुलो रकम जुताउन सम्भव नभएको भन्दै परिवारजनले आर्थिक सहयोग गरिदिनु हुन सबैमा अपिल गरेका छन् ।

आर्थिक सहयोग तथा विस्तृत जानकारीको लागि 

९८४७८५५३२३, ९८०९७१६५१८ लक्षिण भलन्जा छन्त्याल

९८०८३५६७५३, ९८०५१६६५३१ धन बहादुर बुढाथोकी मगर