विश्वकप ड्र : इंग्ल्याण्ड–बेल्जियम, स्पेन–पोर्चुगल एउटै समूहमा

  • १६ मंसिर २०७४, शनिबार
  • 1815 पटक पढिएको

सन् २०१८ मा रसियामा आयोजना हुने विश्वकपको ड्र सार्वजनिक भएको छ ।

शुक्रबार सार्वजनिक गरिएको ड्रमा साबिक विजेता जर्मनी समूह एफमा परेको छ । जर्मनीसँगै मेक्सिको, स्वीडेन र दक्षिण कोरिया रहेको छ ।

इंग्ल्याण्ड समूह जीमा रहेको छ । इंग्ल्याण्डले बेल्जियम, पानामा र ट्युनियालाई प्रतिद्वन्द्वी पाएको छ ।

पोर्चुगल र स्पेन समूह बीमा परेका छन् भने अर्जेन्टना समूह डी र ब्राजिल समूह ईमा परेको छ ।

प्रतियोगिता आगामी वर्षको जुन १४ देखि जुलाई १५ सम्म रसियाका १२ स्टेडियममा आयोजना हुनेछ ।

हिलो खेलमा आयोजक रसियाले साउदी अरेबियाको सामना राजधानी मस्कोमा गर्नेछ ।