बेनीमा नेपाल भ्रमण बर्षलाई लक्षित गरि माघेसक्रान्ति मेला सुरु (फोटो फिचर)

  • २९ पुष २०७६, मंगलवार
  • कमल खत्री
  • 2413 पटक पढिएको

म्याग्दी २९ पुस । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा लाग्दै आएको माघे संक्रान्ति मेलाले यस बर्षपनि निरन्तरता पाएको छ । म्याग्दी उद्योग वाण्ज्यि संघ अन्तरगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा नेपाल भ्रमण बर्ष सन २०२० लाई लक्षित गरि आजदेखि बेनीमा माघे संक्रान्ति मेला सुरु गरिएको हो ।

मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सदस्य विनोद केसीले नेपाल भ्रमण बर्षलाई सफल बनाउन सबैक्षेत्रबाट रचनात्मक भुमिका खेल्न आबश्यक रहेको बताउँदै पर्यटन पूर्वाधार निर्माण र प्रचार प्रसारमा जुट्नुपर्ने बताउनुभयो । उहाँले महिलाहरु आर्थिक रुपमा सक्षम बन्न उद्यमशिलतामा लाग्नुपर्ने बताउँदै गण्डकी प्रदेश सरकारले समेत महिला उद्यमीहरुलाई प्रोत्साहन गर्ने निती लिएको जानकारी दिनुभयो ।

मेला सुरु हुनुपूर्व बेनी बजारमा झाँकी सहितको ¥याली निकालिएको थियो । ब्यापार र कलाको विकास गर्ने, संस्कृतिको संरक्षण र पर्यटन प्रबद्र्धन गर्ने मुख्य उदेश्यले मेलाको आयोजना गरिएको महिला उद्यम विकास समितिका सभापती सुनिता केसीले जानकारी दिनुभयो । मेलामा भ्रमणबर्ष लक्षित खुल्ला लोकगित, खुल्ला एक लोकनृत्य, अन्धनिशानी, महिला÷पुरुष छेलो फाल्ने, महिला ÷पुरुष लठो तान्ने लगायतका प्रतियोगितासंगै राष्ट्रिय र स्थानीय कलाकारहरुको साँगेतिक प्रस्तुती समावेश गरिएको छ ।

उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य गोविन्द पौडेल, नेपाली काँग्रेस म्याग्दीका उपसभापती माधवप्रसाद रेग्मी, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्य, बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईली, मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी, कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्दराज कोइराला, मगर संघ म्याग्दीका अध्यक्ष डकमायाँ पाईजा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष ठाकुर प्रसाद आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो । समितिका सभापती केसीको अध्यक्षता र स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन महासचिब विष्णु गुरुङले गर्नुभएको थियो । सो अवसरमा महिला उद्यमी सरस्वती सुवेदी,जसमायाँ पुर्जा, बिमला गौचन, भारोत्तोलनकी राष्ट्रिय खेलाडी तारादेवी पुन लगायतलाई सम्मान समेत गरिएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l