करेन्ट लागेर घाइतेको उपचारका लागि लायन्स क्लवको सहयोग

  • १ जेष्ठ २०७६, बुधबार
  • 1595 पटक पढिएको

बेनी १ जेठ । लायन्स क्लव अफ दरवाङले करेन्ट लागेर घाइते भएकी महिलाको उपचारका लागि आर्थिक सहयोग गरेको छ । मालिका गाउँपालिका ५ फेदीमा आइतबार करेन्ट लागेर घाइते भएकी स्थानीय दुर्गादेवी रोकाको उपचारका लागि २२ हजार १३५ रुपैयाँ सहयोग गरेको हो । दरवाङ बजारमा अभियान सञ्चालन गरेर रकम संकलन गरिएको क्लवका सचिव दिवाकर सुवेदीले बताए ।

पोखरामा उपचार गराइरहेकी रोकाका भिनाजु कालु पुनलाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालुको रोहवरमा क्लवका अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष सन्तोष सुवेदी लगायतका पदाधीकारीले रकम हस्तान्तरण गरेका थिए ।

यसैगरी मालिका–६ दुखुबेशीमा रहेको सति आधारभूत विद्यालयको अभिभावक भेलाको अवसरमा वडा अध्यक्ष सुवेदीले चार जना छात्रछात्रालाई कापी वितरण गर्नुका साथै एक÷एक जना छात्र छात्रालाई आफ्नो पारिश्रमिकबाट पोशाक तथा स्टेशनरी उपलब्ध गराउने घोषणा गरेका थिए ।