रघुगंगा र कालिगण्डकीमा बाढीको बितण्डा

  • २८ भाद्र २०७५, बिहीबार
  • 2415 पटक पढिएको

म्याग्दी, २७ भदौ । म्याग्दी हुँदै बग्ने कालिगण्डकी र रघुगंगा नदीमा बुधवार अपरान्न आएको बाढीले ठुलो भौतीक क्षती बनाएको छ । माथिल्लो भेगमा भारी बर्षासंगै बाढी पहिरो गएपछि नदीको बहाब यो बर्षकै उच्च भएको हो । म्याग्दीको रघुगंगा गाउँपालिका ८ कुईनेमंगलेको छरीदेखि माथि भएको भारी बर्षाको कारण नदीमा आएको बाढीले घ्यासीखर्क र खरिबोट बस्तीलाई उच्च जोखिममा पारेको ।

नदीको कटानले घ्यासीखर्कको रितुङ मावि, क्लब भवन र निर्माणधिन अबस्थामा रहेको स्वास्थ्य चौकी भवनमा समेत क्षती पु¥याएको रघुगंगा–८ का वडा अध्यक्ष गमान छन्त्यालले जानकारी दिए । ‘‘ छरीदेखि माथि पहिरो गएर नदी थुनिएर बग्दा विपत निम्तिएको हुनसक्छ, साँझ भएकाले कहाँ के भएको हो पत्ता लागेको छैन, स्थानीयबासीलाई सुरक्षित भएर बस्न भनेका छौँ,’’–वडा अध्यक्ष छन्त्यालले भने ।

रघुगंगाको कटानको जोखिममा रहेका बस्तीका बासिन्दाहरुलाई सर्तकता अपनाउन र सुरक्षित हुन गाउँपालिकाले अनुरोध गरेको छ । यसैबिच म्याग्दी र मुस्ताङको सिमा क्षेत्र घाँसा र लेते क्षेत्रमा समेत भारी बर्षा भएको र गलेश्वरमा जोडिने रघुगंगा नदीको बहाब समेत उच्च हुँदा कालिगण्डकी नदीको सतह ह्वात्तै बढेको छ ।

कालीगण्डकी नदीको बहाब बढेको कारण तटिए क्षेत्रका बासिन्दाहरुलाई सर्तक भएर बस्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए । यता मुस्ताङको थासाङ गाउँपालिका ४ कुञ्जोमा बुधबार पहिरोले स्वास्थ्य चौकी र आमा समूहको भवनमा क्षती पु¥याएको छ ।

कुञ्जो स्थित स्वास्थ्य चौकी र संगै रहेको आमा समूहको भवन पहिरोले पूर्ण रुपमा क्षत्ती पुगेको वडा अध्यक्ष सोमल हिराचनले जानकारी दिए । बाढी र पहिरोले विभिन्न स्थानमा पु¥याएको क्षतीको विवरण संकलन भैरहेको र जोखिमपूर्ण ठाउँका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको मुस्ताङका प्रजिअ शिशिर पौडेलले जानकारी दिए ।