कुवापानी चिनाउने म्युजिक भिडियो बजारमा (भिडियो सहित)

  • १२ फाल्गुन २०७४, शनिबार
  • 5668 पटक पढिएको

म्याग्दी, १२ फागुन । पर्वतको जलजला गाउँपालिका –५ मा रहेको कुवापानी गाउँलाई चिनाउने ‘ कुवापानी गाउँ’ बोलको गितको म्युजिक भिडियो बजारमा आएको छ । कला संस्कृतिको धनी पुन मगर समुदायको बसोबास रहेको कुवापानी गाउँलाई गितसंगीत मार्फत चिनाउनको लागि सो म्युजिक भिडियो बजारमा ल्याईएको हो । राजकुमारी पुनको शब्द, आँसु लामाको संगीतमा चर्चित गायिका गिता पाईजाले स्वर भरेको कुवापानी चिनारी गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो ।


पुष्कर विवेक थापाले निर्देशनमा देवेन्द्र पुनले छायांकन गर्नुभएको म्युजिक भिडियोलाई दिपक विष्टले सम्पादन गर्नुभएको हो भने लक्ष्मी पुन, अञ्जली पुन, गिता पुन लगायतका कलाकारहरुले नृत्य गर्नुभएको छ । सो म्युजिक भिडियो निर्माणको लागि स्वदेश तथा प्रवासमा रहेका कुवापानी गाउँका स्थानीयले आर्थिक सहयोग गरेका छन् ।

जन्मथलो चिनाउने चिनारी गितमा स्वर दिएकी गायीका गिता पाईजाले सो गितलाई आफ्नै अफिसिएल युटुव च्यानल मार्फत बजारमा ल्याएकी हुन् । उनले कुवापानीको कला संस्कृति र पर्यटनको सम्भावनालाई उजागर गर्न म्युजिक भिडियोले सहयोग गर्ने बताईन् । मौलिक लोक भाकाहरुमा मर्मस्पर्षि स्वर भरेकी गायीका पाईजाले धौलागिरि क्षेत्रमा प्रख्यात विभिन्न लोक भाकाहरुमा दर्जनौँ एलबमहरुमा स्वर भरिसकेकी छिन् ।