आगलागिले बालमन्दिर आधारभुत विद्यालय डाँडाखेतको १० कोठ भवन ध्वस्त

  • २५ फाल्गुन २०७३, बुधबार
  • कमल खत्री
  • 3347 पटक पढिएको

म्याग्दी, २५ फागुन । म्याग्दीको बेनी नगरपालिका १४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयमा आज साँझ भएको आगलागिले १० कोठ विद्यालय भवन जलेर नष्ट भएको छ । आगलागि हुँदा विद्यालयको कार्यालय, कम्प्युटर ल्याब, पुस्तकालय र कक्षाकोठा सहितको १० कोठा भएको दुई तले भवनमा पूर्ण रुपमा क्षती पुगेको हो ।  17190876_1256310234466061_8803453221971106013_n
साँझ करिब साढे ५ बजेतिर एक्कासी विद्यालयमा जडान गरिएको विद्युत सर्ट भएर आगलागि हुँदा लाखौँ मुल्य बराबरको भौतिक पूर्वाधार र कार्यालयका महत्वपूर्ण दस्ताबेजहरु जलेर नष्ट भएको विद्यालयका शिक्षक रामप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार, आगलागिलाई नियन्त्रणमा लिनका लागि करिब ४ सयको हाराहारीमा उपस्थित भएका स्थानीयले प्रयास गरेपनि त्यो सफल हुन सकेन् ।

17103239_1256309001132851_7105872937038782226_n
अध्यधिक काठको प्रयोग गरिएको भवनमा आगलागि भएको कारण आगोले भिषण रुप लिएको थियो । विद्यालयको भवनमा पूर्ण रुपमा क्षती पु¥याएपनि गाउँमा आगो फैलन नदिन स्थानीयबासी, प्रहरी र नेपाली सेनाले करिब तिन घण्टापछि मात्रै आगोलाई नियन्त्रणमा ल्याएका थिए । कक्षा ८ सम्म पठनपाठन हुने उक्त विद्यालयमा १७४ जना बालबालिका अध्ययनरत रहेका छन् ।17202875_1256309741132777_8740240345461831249_n

विद्यालय भवनमा आगलागि भएपछि पठनपाठन प्रभावित हुने भएको छ । तस्बिर दिनेश विष्टको फेसबुकबाट

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l