म्याग्दी समाचार

जिल्ला स्तरीय मावि तह हाजिरी जवाफ प्रतियोगितामा गलेश्वर आदर्श प्रथम (तस्बिर सहित)

म्याग्दी ५ माघ । बेनीमा सम्पन्न जिल्ला स्तरीय मा.वि. तह हाजिरी जवाफ प्रतियोगितामा बेनी नगरपालिका–९ को गलेश्वर आदर्श आवासीय मावि प्रथम हुन सफल भएको छ । काठमाण्डौमा अध्ययनरत म्याग्देली विद्यार्थीहरुको साझा संस्था ‘म्याग्देली विद्यार्थी परिवार’ले आयोजना गरेको जिल्लास्तरीय मावि तहको हाजिरीजवाफ प्रतियोगिताको फाईनलमा १६० अंक प्राप्त गर्दै गलेश्वर आदर्श प्रथम... पुरा पढ्नुहोस

मोना हङकङ महिला विभागद्धारा म्याग्दीका ६ जना अनाथ विद्यार्थीलाई आर्थिक सहयोग

म्याग्दी, ५ माघ । म्याग्दी प्रवासी नेपाली संघ (मोना हङकङ) महिला विभागद्धारा अनाथ,गरिब र विपन्न परिवारका ६ जना बालबालिकाहरुलाई शनिबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर जनही ५५ हजार पाँचसय ५५ रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । हरितालिका तिज २०७६ को अवसरमा महिला विभागद्धारा हङकङमा गरेको तिज विशेष कार्यक्रमका अवसरमा... पुरा पढ्नुहोस

एमसीसीबारे पार्टीले आबश्यक निर्णय लिन्छः नेकपा प्रवक्ता श्रेष्ठ (भिडियो सहित)

बेनी, ४ माघ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धि प्रस्ताब मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीले आबश्यक निर्णय लिने बताउनुभएको छ । नेपालको विद्यूत प्रशारण लाईन र सडक स्तरोन्नतीका लागि अमेरिकाले घोषणा गरेको सहयोग प्रस्ताब एमसीसीलाई संसदबाट पारित गराउने बिषयमा सत्तारुढ दल नेकपाभित्रै विवाद उत्पन्न भैरहेको सन्दर्भमा प्रवक्ता... पुरा पढ्नुहोस

जिल्ला स्तरीय मावि तह हाजिरीजवाफ प्रतियोगितामा १० समुह फाइनलको लागि छनौट (फाेटाे फिचर)

म्याग्दी ३ माघ । म्याग्दीमा आयोजित जिल्लास्तरीय मावि तहको हाजिरीजवाफ प्रतियोगितामा विभिन्न १० विद्यालय फाईनलको लागि छनौट भएका छन् । काठमाण्डौमा अध्ययनरत म्याग्देली विद्यार्थीहरुको साझा संस्था ‘म्याग्देली विद्यार्थी परिवार’ले आयोजना गरेको जिल्लास्तरीय मावि तहको हाजिरिजवाफ प्रतियोगितामा मंगला, मालिका र धौलागिरी गाउँपालिकाबाट ५ विद्यालय र बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण... पुरा पढ्नुहोस

म्याग्देली गायक हेमन्तले ल्याए मनछुने भाकामा ‘मरेछन नी लाहुरे’ (भिडियो सहित)

म्याग्दी ३ माघ । म्याग्देली गायक हेमन्त कान्छा रसाईलीले लाहुरेहरुको जिवनकथालाई समेटेर ‘मरेछननी लाहुरे’बोलमा तयार गरिएको मार्मिक गीतलाई बजारमा ल्याएका छन् । भारत, बेलायत लगायतका मुलुकमा भर्ति हुने लाहुरे युवाहरुमध्ये लडाईमै ज्यान गुमाउन विभस लाहुरेको कथाबस्तुलाई समेटेर तयार पारिएको गीतलाई म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो । म्याग्दीको मालिका गाउँपालिका–... पुरा पढ्नुहोस

बुद्ध बहुउदेश्यीय सहकारीको अध्यक्षमा श्रेष्ठ चयन

म्याग्दी ३ माघ ।  बेनीमा रहेको बुद्ध बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्षमा प्रमोद श्रेष्ठ चयन हुनुभएको छ । सहकारीको २० औँ बार्षिक साधारण सभा तथा छैठौँ अधिबेशनबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको हो । समितिको निवर्तमान अध्यक्षमा बिजयकुमार श्रेष्ठ, उपाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ, सचिबमा अम्बिक श्रेष्ठ, कोषाध्यक्षमा रामकृष्ण बराईली,उपसचिबमा उत्तम कर्माचार्य... पुरा पढ्नुहोस

म्याग्देली कलाकार ढकालको सन्देशमुलक गीत ‘मुखियाको नाती’ सार्वजनिक (भिडियो सहित)

म्याग्दी २ पुस । समाजमा उच्च ओहोदाका परिवारका सन्तान धनसम्पतीकै कारण विकृतिमा फस्ने खतरालाई उजागर गर्दै सन्देशमुलक गीत सार्वजनिक भएको छ । म्याग्देली कलाकार नकुल ढकालले विकृतिमा फसेको युवाको कारण उसको जिवनमा आइपरेका अकल्पनीय संकटहरुलाई गीत मार्फत उजागर गरेका छन । मुखियाको नाती एल्बममा ‘नखेल जुवा र तास, धनको नास... पुरा पढ्नुहोस

माघे संक्रान्ति मेला सम्पन्न

  बेनी, २ माघ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिले बेनीमा आयोजना गरेको आठौ माघे संक्रान्ति मेलामा सांस्कृतिक साथै कृषि मेला र घरेलु उद्योगका बस्तुको प्रर्दशनी गर्दै सम्पन्न भएको छ । २७ जना सहभागि भएको छेलो फाल्ने प्रतियोगितामा जलजला गाउपालिका–४ खोलाखेतका निशान बोहोरा बिजयी भएका छन्... पुरा पढ्नुहोस

भेषभुषा र रहनसहन लिएर मगर समुदाय यसरी आए सडकमा (भिडियो सहित)

म्याग्दी १ माघ । माघे संक्रान्ति पर्व २०७६ को अवसरमा नेपाल मगर संघ म्याग्दीले बेनीमा निकालेको साँस्कृतिक झाँकी । मगर समुदायको पोशाकमा सजिएका मगर समुदायका बालबालिकादेखि युवायुवति र पौढ सम्मका व्यक्तिहरुको बृहत सहभागितामा ¥याली निकालिएको थियो । https://www.youtube.com/watch?v=FbBfwmDfTr8 ¥यालीमा मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नृत्य पदर्शन गरिएको थियो... पुरा पढ्नुहोस

म्याग्दीका युवा पोखराको पर्यटन व्यवसायमा सक्रिय

म्याग्दी, १ माघ । पर्यटकीय नगरी पोखराको लेकसाइडमा म्याग्देली युवा खुम पुनले डिस्को क्लव (लाउन्स) सञ्चालनमा ल्याएका छन् । पोखरा घुम्न जाने युवा पुस्ताका आन्तरिक र विदेशी पर्यटकहरुलाई लक्षित गरेर लेकसाइडको १३ नम्बर बाराही रोडमा स्पीङस लाउन्स सञ्चालन गरेका हुन् । यो तीनतारे होटल बाराहीको नजिकै छ । रेष्टुरेन्ट सहितको... पुरा पढ्नुहोस