कँरातेमा अन्तराष्ट्रिय पदक बिजेता खेलाडीलाई सम्मान

बेनी, २० पुस : म्याग्दीको रघुगंगा गाउँपालिका–४ दर्मिजा घर भई हाल बेनीमा बसोबास गर्दै आउनुभएका कराँतेका खेलाडी मार्सल गर्वुजालाई सम्मान गरिएको छ । सातौँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा कराँतेतर्फ ५५ केजी तौल समूहमा स्वर्णपदक बिजेता १८ बर्षिय गर्वुजालाई जिल्ला खेलकुद विकास समितिले नगद सहित सम्मान गरेको हो ।  शुक्रवारदेखि बेनीमा सुरु भएको नवौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा मार्फत सम्मान गरिएको थियो ।
तस्बिर : कमल खत्री

अन्य फोटो ग्यालरीमा जानुहोस्