कोरना रोकथाम र नियन्त्रणमा बेनी नगरपालिकाकाे ६८ लाख खर्च

  • २९ जेष्ठ २०७७, बिहीबार
  • धिरन खत्री
  • 1437 पटक पढिएको

म्याग्दी, २९ जेठ । विश्वभरि महामारीको रुपमा फैलिएको कोरना भाईरसको रोकथाम र नियन्त्रणको लागि म्याग्दीको बेनी नगरपालिकाले ६८ लाख भन्दा बढी खर्च गरेको छ । बेनीमा क्वारेन्टटाइन संचालन ब्यवस्थापन, आइसोलेसन कक्ष स्थापना, राहत वितरण, स्वास्थ्य सामाग्री खरिद लगायतको क्षेत्रमा अहिल्यसम्म ६८ लाख लाख २३ हजार १२८ रुपैया खर्च भएको नगरपालिकाले जनाएको छ ।


विहिबार नगरपालिकाद्धारा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रामकृष्ण बराईलीले लगडाउनको कारण समस्या परेका गरिव, विपन्न र मजदुर गरी १३ सय २२ घरधुरीलाई ३६ लाख २५ हजार ६१५ रुपैया बराबरकोे खाद्यान्न वितरण गरिएको जानकारी दिए । उन्का अनुसार कोरना संक्रमितको उपचारका लागि १० सैयाको आइसोलेसन कक्ष निर्माणमा १७ लाख ८३ हजार खर्च भएको छ । स्वयमसेवक परिचालनमामा २ लाख ५० हजार रुपैया खर्च भएको प्रवक्ता बराईलीले जानकारी दिए । त्यस्तै सामाग्री खरिदमा १ लाख ४५ हजार रुपैया खर्च भएको छ ।
नगरपालिकामा नगरपालिकाद्धारा १ करोड, जनप्रतिनिधि, कर्मचारी र विभिन्न संघसंस्थाबाट ९ लाख ९८ हजार ४६१ रुपैयाँ गरि कुल १ करोड ९ लाख ९८ हजार ४६१ रुपैया जम्मा भएको मध्य कोषमा ४१ लाख ७५ हजार ३३५ रुपैया बाकी रहेका नगरपालिकाका सूचना अधिकारी युवराज थापाले जानकारी दिए ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l