हिमालपारीकी बेलीमायाको अभिनययात्रा

व्यवसायिक अफर आए सिनेमा खेल्न तयार : बेली

  • १८ आश्विन २०७४, बुधबार
  • सुन्दर कुमार थकाली
  • 4381 पटक पढिएको

करिव एक दर्जनबढी म्यूजिक भिडियोमा अभिनय तथा नृत्य प्रस्तुत गरिसकेकी मुस्ताङकी एकमात्र चेली हुन् बेलीमाया तामाङ।पूख्यौलीथलो धादिङबाट तीन दशकअघि बसाई सराईगरि व्यवसायिक शिलशिलामा मुस्ताङ आएको उनको परिवारले बेलीलाई मुस्ताङमानै जन्मायो,हुर्कायो ।बेलीमायाको सपरिवार मुस्ताङमानै व्यवसायगरि बसेका छन् ।हिमालपारीको प्राकृतिक सामिप्यताले अभिनय तथा नृत्य बिधामा उनलाई थप घनिभूत बनाउदै लग्यो ।

कलाकारिता प्रतिको उनको अगाध अभिरुचि र लगावले बेलीमायालाई सफल कलाकारको रुपमा उभ्याईसकेको छ। सदरमुकाम जोमसोममा अवस्थित जनहित माध्यमिक बिद्यालयमा पढेकी बेलीमायाले बिद्यालयमा अरु साथिहरुको अभिनय नृत्य प्रस्तुतीले आफुलाई यसक्षेत्रप्रती उत्साहित बनाएको बताउछिन् ।उनले बिद्यालयले आयोजनन गर्ने हरेक सास्कृतिक कार्यक्रममा आफुले सहभागिता जनाउदै आएको खुलाईन् ।उनले भनिन् ‘सानो छदाँ नाच्ने र गाउने भूतले छोडेन,म यस उचाई सम्म पूग्छु भन्ने कहिल्यै सोचेकी थिईन’उनले भनीन्‘बिद्यालयले दिएको हौसला र प्रेरणाले अभिनय र नृत्यक्षेत्रमा एककदम अघि बढेकी हु ,मौका मिले ठुलो पर्दामा समेत काम गर्ने रहर छ ।’

बेली जव प्रबेशिका परिक्षा उर्तिण गरिन् तब उनको कलाकारिताले उचाई चुम्दै जान थाल्यो।उनी प्रति भएको अन्तनिहित प्रतिभाको तामाङ फिल्मीकर्मीको आखा गड्यो ।फलस्वरुप उनले दर्जनौ तामाङमा म्यूजिक भिडियोमा अभिनय तथा नृत्य गर्ने अवसर प्राप्त गरिन ।औपचारिक रुपमा ०६८ सालदेखि कलाकारितामा पाईला हालेकी बेलीका दर्जनौ तामाङ लगायत अन्य गित यूटुबमा हेर्न सकिन्छ ।उनले कक्षा ९ मा अध्ययन गर्दे गर्दा तामाङ सेलो मेन्दो माया बोलको गितमा अभिनय र नृत्य प्रस्तुत गरेकी थिईन् ।उनले केही महिनाअघि मात्र मुस्ताङमा छायाङ्कन भएको सदाबहार आधुनिक गितहरुमा अभिनय तथा नृत्य प्रस्तुत गरेकी छिन् ।ति छायाङ्कन भएका सदाबहार गितहरुमा अरुणालामाको फुललाई सोधे भन्ने बोलको गित यू६ुयुबमा हेर्न सकिन्छ ।

उनले यतिबेला कक्षा १२ को पढाई सकेर  बसेकी छिन्। गहुगोरी अनुहार, होचीकदकी बेलीमायाको सुन्दरतामा तामाङ सिनेकर्मीको नजर पहिल्यै परिसकेको थियो ।उनले तामाङ भाषाकै फापरे फिल्म्स प्रालिको ब्यानरमा निर्मित सिङ्लामा नायिकाको मुख्यभूमिका निभाईसकेकी छिन ।उनले भनीन ‘ म मफोसलमा अभिनय गर्दे आएकी छु ,यदि कसैले व्यवसायिक रुपमा प्रस्ताब गरे ठुलो पर्दामा समेत अभिनय गर्ने खुबी म भित्र छ।‘कलाकारितालाई व्यवसायिक बनाउन थुप्रेै चुनौतिहरु रहेको उल्लेख गर्दे यसक्षेत्रलाई आफलेु चाहेरपनि खुलेर लाग्न नसकेको स्पष्ट पारिन् ।उनले मुस्ताङमा आफु जस्तै थप्रै अभिनय र नृत्य गर्नसक्ने प्रतिभा भएपनि ति प्रतिभाहरुलाई कुनै अवसर नमिलेको बताईन् ।उनले आगामी दिनमा ति प्रतिभाको खोजी गर्न र तिनलाई बिभिन्न अवसरका कार्यक्रम सृजना गर्नुपर्ने उल्लेख गर्दे हिमालपारीको पहिचानलाई संस्थागत गर्न अव कलाकारिताको सम्मान हुँनुपर्ने बताईन्।

सुन्दर कुमार थकाली