‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
- १४ असार २०८३, आईतवार
- 5 पटक पढिएको
पर्यटक बाहेक नारच्याङका ५४९ परिवार पुल बनेपछि प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । पुल निर्माणका लागि एक हजार २२१ जनालाई प्रत्यक्ष रोजगारी सिर्जना भएको उनले जानकारी दिइन् । सङ्घीय सरकारले रु १३ लाख ८२ हजार ७९५ ससर्त अनुदान र रु एक लाख ८९ हजार ६९३ बराबरको निर्माण सामग्रीसहित अन्नपूर्ण गाउँपालिकाले रु १३ लाख ७४ हजार ४०० अनुदान र उपभोक्ताले रु ७३ लाख ८८० बराबरको श्रमदान गरेका अन्नपूर्ण गाउँपालिकाका सबइञ्जिनियर बालकृष्ण पौडेलले जानकारी दिए । नीलगिरि र अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविर समथर फाँटमा छ । आधार शिविर मुनि समुन्द्री सतहबाट चार हजार ५० मिटर उचाइमा पञ्चकुण्ड ताल पर्दछ । आधार शिविरको डाँडामा बसेर ताल र हिमाल अवलोकन गर्न सकिन्छ । एक लाख सात हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर बनेको प्राकृतिक हिमताल हो । अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताललाई एकै पटक अवलोकन गर्न पाउनु अन्नपूर्ण आधार शिविरको मुख्य विशेषता भएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताए ।



