बौद्ध युवा क्लबको अध्यक्षमा दुर्गा बुढा मगर चयन

  • २९ जेष्ठ २०८३, शुक्रबार
  • 9 पटक पढिएको

म्याग्दी,२९ जेठ । म्याग्दी सदरमुकाम बेनी स्थित मंगलाघाटमा रहेको बौद्ध युवा क्लबको अध्यक्षमा दुर्गा बुढा मगर चयन हुनुभएको छ । क्लबको शुक्रवार बेनीमा सम्पन्न छैटौँ अधिवेशनबाट सामाजिक क्षेत्रमा सक्रिय युवा बुढा मगरको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा शिव शेरचन, सचिबमा श्याम सुन्दर कँडेल, कोषाध्यक्षमा कमल घर्ति मगर र सहसचिबमा लक्ष्मी पुन चयन हुनुभएको छ । समितिको सदस्यहरुमा नारायण केसी, राजिप थापा, विकास कुँवर, प्रेम राना, सागर थापा, जीवन केसी, अनुपम श्रेष्ठ, लछुमन थापा लगायत रहनुभएको छ । क्लबका अध्यक्ष बिजय किसानको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन गर्दै बेनी नगरपालिका–७ का वडा सदस्य रमेश फगामीले बौद्ध युवा क्लबले गर्दै आएको खेलकुद र सामाजिक गतिविधिलाई अझ प्रभाबकारी र रचनात्मक बनाउँदै युवाहरुलाई खेलकुद मार्फत अघि बढाउने कार्यमा लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा क्लबका सल्लाहकार किरन तुलाचनले खेलकुद मार्फत युवाहरु समाज रुपान्तरणको अभियानमा लाग्न प्रेरणा मिल्ने उल्लेख गर्नुभयो । नवनिर्वाचित अध्यक्ष बुढाले बौद्ध युवा क्लबले स्थापनाकालदेखि नै युवाहरुलाई खेलकुदसंगै सामाजिक गतिविधिहरुमा सक्रिय बनाउँदै आएको बताउँदै सवै सरोकारवालासंग समन्वय गरेर अझ रचनात्मक युवा लक्षित कार्यक्रमहरु क्लब मार्फत अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।