म्याग्दीकी ‘मोटोभ्लगर’ सुरक्षा केसी इन्स्टाग्रामको रिल्समा फिचर्ड
- ७ फाल्गुन २०८२, बिहीबार
- 1 पटक पढिएको
म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीकी चर्चित नेपाली ‘मोटोभ्लगर’ सुरक्षा केसीलाई इन्स्टाग्रामले आफ्नो आधिकारिक रिल्समा प्रस्तुत गरेको छ । युवापुस्तामाझ लोकप्रिय सामाजिक सञ्जालले सम्भवतः पहिलोपटक नेपाली ‘कन्टेन्ट क्रिएटर’ लाई आफ्नो अफिसियल रिल्समा प्रस्तुत गरेको हो । इन्स्टाग्रामले उनलाई फलो समेत गरेको छ । इन्स्टाग्रामले गतमहिना रिल्स बनाएर पठाउन सुरक्षालाई आग्रह गरेको थियो । उक्त आग्रहअनुसार नै, आफूले रिल्स बनाएर अमेरिका पठाएको सुुरक्षाले बताइन् ।
इन्स्टाग्रामले बिहीबार बिहान सुरक्षाको उक्त रिल्स पोस्ट गरेको छ । ‘इन द मोमेन्ट’ क्याप्सन लेख्दै इन्स्टाग्रामले भिडियो पोस्ट गरेको छ । संसारको लोकप्रिय सोसल मिडियाको रिल्समा फिचर्ड हुनु आफुनो लागि गौरवको कुरा भएको सुरक्षाले बताइन । इन्स्टाग्रामले आफूलाई यति ठूलो मौका दिनुले नेपालको पर्यटन प्रवर्धन र ‘कन्टेन्ट क्रिएटर’ समाजलाई खुसीको कुरा भएको उनको भनाई छ । २३ वर्षिया सुरक्षा नेपाली मोटोभ्लगरबीच चर्चित नाम हो । उनलाई इन्स्टाग्राममा पछ्याउनेको संख्या ६ लाख नाघेको छ । टिकटक र युट्युबमा उनलाई पछ्याउनेको संख्या पनि उच्च छ ।