बेनीमा अन्तमर मावि लोक नृत्य प्रतियोगिता आयोजना
- ३० माघ २०८२, बिहीबार
- 127 पटक पढिएको
नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीले नेपालको प्रथम शहीद क्याप्टेन लखन थापा मगरको १४९ औं स्मृति दिवसको अवसरमा अन्तर माध्यमिक विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता आयोजना गरिएको छ । फागनु २ गते जिल्लाको ६ वटै स्थानीय तहमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा रहेको अन्तर्निहित कलालाई प्रस्फुटन गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको हो ।
कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुले सहभागीता जनाउने प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमश नगद रु १५ हजार, १० हजार, ७ हजार र २ हजारको साथमा ट्रफि र प्रमाणपत्रद्धारा पुस्कृत गरिने नेपाल मगर विद्यार्थी संघ म्याग्दीका अध्यक्ष भरत अर्मजा मगरले जानकारी दिनुभयो ।
लोकलयमा आधारित गीतमा ४ जनादेखि ६ जनासम्मको सहभागीतामा नृत्य प्रस्तुत गर्नुपर्ने नियम बनाईएको छ । ६ मिनेटसम्मको गीतमा नृत्य प्रस्तुत हुनेछ । नेपाल मगर बिधार्थी संघ म्याग्दीकोे प्रत्यक वर्ष नेपालको प्रथम शहीद क्याप्टेन लखन थापा मगरको स्मृती लाई दिप प्रज्वलन लगायतका रचनात्मक र सिर्जनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको संघको सचिव साजन पुनमगरले जानकारी दिनुभयो ।