लिड्स नेपालद्धारा सरस्वती आधारभूत विद्यालयका बालबालिकाहरुलाई झोला वितरण
- २१ माघ २०८२, मंगलवार
- 3 पटक पढिएको
लिड्स नेपालले म्याग्दीको बेनी नगरपालिका २,बगरफाँट स्थित सरस्वती आधारभूत बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई झोला वितरण गरिएको छ । विद्यालयमा अध्ययनरत ६२ जना विद्यार्थीहरुलाई विद्यालय झोला प्रदान गरिएको हो ।

कार्यक्रममा लिड्स नेपालका कार्यकारी निर्देशक डाक्टर पदमराज श्रेष्ठ, बेनी नगरपालिकाका शिक्षा अधिकृत कमलप्रसाद ढकाल, स्थानीय समाजसेवी चन्द्रबहादुर घिमिरे, विद्यालयका प्रधानध्यापक छेमप्रसाद गर्बुजा, नगरपालिकाका स्वास्थ्य शाखाका खगराज निउरे, लिड्स म्याग्दीका कार्यक्रम संयोजक निशा महतले विद्यार्थीहरुलाई झोला वितरण गर्नुभएको थियो ।

मानसिक रोगका विरामीको संरक्षकहरुको आयआर्जन सुधारमा आयआर्जनमुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको लिड्सले म्याग्दीका साथै बागलुङ र नवलपुरको बौदिकाली गाउँपालिकामा मानसिक रोगका विरामीको उपचार तथा उनीहरुका संरक्षकहरुको आयआर्जनमा सुधार ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
