एमाले म्याग्दीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारको लागि पाँच जनाको नाम सिफारिस

  • १८ पुष २०८२, शुक्रबार
  • 53 पटक पढिएको

म्याग्दी १८ पुस । आगामी फागुन २१ गते घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमाले म्याग्दीबाट प्रत्येक्षतर्फको उम्मेदवारमा पाँच जनाको नाम सिफारिस भएको छ । शुक्रवार बसेको जिल्ला कमिटीको बैठकले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बन्न चाहने इच्छुक उम्मेदवारको नाम छनौट गरेको हो ।
एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागि हरिकृष्ण श्रेष्ठ, बालकृष्ण सुवेदी, प्रकाश पौडेल, पशुपति शाही र बलदेवी राईको नाम सिफारिस गर्ने निर्णय भएको जनाईएको छ । बैठकमा पाँच जनाको नाम सिफारिस गर्ने प्रस्ताबमा निर्णय भएको र त्यसलाई पार्टी केन्द्रमा पठाइने एमाले म्याग्दीका जिल्ला सचिब थमसरा पुनले जानकारी दिनुभयो । प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागि सिफारिस भएकाहरुमध्ये श्रेष्ठ २०७९ सालको निर्वाचनमा समेत प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको थियो । सुवेदी एमाले जिल्ला अध्यक्ष हुनुहुन्छ भने पौडेल विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा सक्रिय हुनुहुन्छ । शाही अखिल नेपाल महिला संघ र राई मजदुर संगठनमा रुपमा सक्रिय हुनुहुन्छ ।