माघे संक्रान्तिमा बेनीमा साँस्कृतिक झाँकी र मालिकामा पुख्र्यौली नृत्यआयोजना

  • १७ पुष २०८२, बिहीबार
  • 3 पटक पढिएको

म्याग्दी १७ पुस । माघे संक्रान्ति पर्वको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा साँस्कृतिक झाँकी प्रदर्शनी हुने भएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीको अयोजनामा आगामी माघ १ गते बेनीमा साँस्कृतिक झाँकी सहितको प्रभातफेरी र शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको छ ।  मगर समुदायको प्रमुख राष्ट्रिय पर्वको अवसरमा झाँकी सहितको ¥यालीले बेनी बजार परिक्रममा गर्ने र जिल्ला समन्वय समितिको सभाहलमा शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरिएको नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष खम थापा मगरले बताउनुभयो । माघे संक्रान्ति पर्वको अवसरमा म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा प्रथम पुख्र्यौली नृत्य प्रतियोगिता आयोजना गरिएको छ । नेपाल मगर संघ मालिका गाउँपालिका समितिको आयोजनामा माघ १ र २ गते आयोजना गरिएको उक्त पुख्र्यौली नृत्य प्रतियोगिताम, द्धितीय र तृतीय हुने समूहलाई क्रमश नगद रु ३० हजार, २० हजार र १५ हजारको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिने जनाईएको छ । उक्त अवसरमा खड्ग गर्बुजा, कुमार पुन लगायतका राष्ट्रिय कलाकारहरुको साँगेतिक प्रस्तुती समेत रहने आयोजकले जनाएको छ ।