ब्रेन ट्युमरबाट थलिएका रुमका नविन परियारको उपचारका लागि सहयोगको अपिल
- २ पुष २०८२, बुधबार
- 9 पटक पढिएको
बेनी, १ पुष : म्याग्दीको मालिका गाउँपालिका–२ रुमको खवाङका २८ वर्षीय नविन परियारको उपचारका लागि सहयोगको अपिल गरिएको छ ।
दुई वर्षदेखि चितवनको वि.पि. कोइराला मेमोरियल अस्पताल भरतपुरमा उपचार गराइरहेका नविनको घरपरिवारको आर्थिक अवस्था कमजोर भएको र महँगो उपचार खर्च धान्न नसकेपछि परिवारले सहयोगको अपिल गरेका हुन् ।
पछिल्लो समय स्वास्थ्य अवस्था कमजोर जटिल बन्दै गएपछि दुई महिनायता अस्पतालमै राखेर उपचार गराइरहेको नविनकी बहिनी शुशिला परियारले बताउनुभयो । सहयोग गर्न इच्छुक मनकारीहरुले ९८६२९०११०३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।