मृगौला पीडित भगवती ओखरबोटका मनोज केसीको उपचारमा सहयोगको अपिल
- १ पुष २०८२, मंगलवार
- 1 पटक पढिएको
म्याग्दी, १ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवती ओखरबोटका मृगौला पीडित २६ बर्षिय युवा मनोज केसीको उपचारमा सहयोगको अपिल गरिएको छ । दुबै मृगोलामा खराबी आएर हाल गण्डकी अस्पताल पोखरामा उपचार गराइरहनुभएका केसीको मृगौला पत्यारोपण सहित थप उपचारका लागि ठूलो आर्थिक खर्च लाग्ने भएकाले घरपरिवारले सहयोगको लागि अपिल गरेका हुन् ।
बुबा रत्नबहादुर र आमा ताराकुमारी कटुवाल क्षेत्रीका जेठो छोरा रहेका मनोजको स्वास्थ्यमा समस्या भएर उपचारको क्रममा पोखरामा मृगौला फेल भएको पक्ता लागेको थियो । परिवारको जेठो छोरा नै विरामी भएर थला परेको र घरपरिवारको आम्दानीको भरपर्दो स्रोत नभएपछि यतिबेला मनोजको घरपरिवार समस्यामा परेका छन् । केसीका परिवारले गाउँघरमा कृषि पेसा गरेर जीविकोपार्जन गर्दै आएका छन् । उपचारमा नियमित लाग्ने खर्च र मृगौला पत्यारोपण सम्म पुग्दा हुने खर्च परिवारले जुटाउन नसक्ने भएकाले सहयोगको याचना गरिएको उहाँका नातेदार हुमबहादुर बरुवालले बताउनुभयो । देश तथा विदेशमा रहेका सहयोगदाताहरुलाई सक्दो आर्थिक सहयोग गरि मनोजको जीवनरक्षाका निमिक्त सहयोग गर्न उहाँले अपिले गर्नुभएको छ ।