मगर संघ म्याग्दीको अध्यक्षमा खमबहादुर थापा मगर चयन

  • २७ मंसिर २०८२, शुक्रबार
  • 61 पटक पढिएको

म्याग्दी, २६ मङ्सिर । नेपाल मगर संघ जिल्ला समन्वय समिति म्याग्दीको अध्यक्षमा खमबहादुर थापा मगर चयन हुनुभएको छ । शुक्रवार बेनीमा सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट थापा मगरको अध्यक्षमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा विष्णु कुमारी रोका मगर, सचिबमा हिरा  पुन मगर, कोषाध्यक्षमा दुर्गा बुढा मगर, सहसचिबमा रमेश फगामी मगर चयन हुनुभएको छ । समितिको सदस्यहरुमा एकजित रोका मगर, देव राना मगर, टकबहादुर पुन मगर, बिजय घर्तिमगर, तिलक पुन मगर, बिमला शेरपुञ्जा मगर, थविना पुन मगर, टकमाया पुर्जा मगर, इयाम बहादुर बुढाथोकी मगर र नन्दकुमार पाईजा चयन हुनुभएको । अधिवेशनको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभएको थियो । नेपाल मगर संघ जिल्ला समन्वय समितिका कार्यवहाक अध्यक्ष थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ गण्डकी प्रदेश सदस्य हिरा बहादुर पुन, पालिका स्तरीय समितिका प्रमुख तथा प्रतिनिधिले मन्तव्य राख्नुभएको थियो भने सहसचिब रमेश फगामीले स्वागत र सचिब हिरा पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।