म्याग्दीमा महिलाको अवस्था : ‘राजनीतिक, सामाजिक र आर्थिक नेतृत्वमा सुधारोन्मुख’

  • २७ मंसिर २०८२, शुक्रबार
  • कमल खत्री
  • 17 पटक पढिएको

कमल खत्री, म्याग्दी । म्याग्दीमा राजनीतिकि, सामाजिक र व्यवसायिक नेतृत्वमा महिलाहरुको सक्रियता बढ्न थालेको छ । केहि बर्ष अघिसम्म घरायसी कामकाजमा मात्रै सिमित हुने महिलाहरु अहिले भने राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल हुन थालेका हुन् । मुख्य राजनीतिक दलहरुमध्ये नेकपा (एमालेको) जिल्ला कमिटीको पदाधिकारी र केन्द्रिय समितिमा समेत महिलाहरुको प्रतिनिधित्व छ । एमालेको स्थायी कमिटी सदस्यमा म्याग्दीबाट थममाया थापा हुनुहुन्छ ।
उहाँ पुर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री समेत हुनुहुन्थ्यो। त्यसैगरी संविधान सभा सदस्य समेत रहनुभएका नरदेवी पुन एमालेको केन्द्रिय सदस्य हुनुहुन्छ । म्याग्दीमा सशक्त महिला नेतृको पहिचान बनाउनुभएकी पुनले गण्डकी प्रदेश सरकारमा सामाजिक विकासमन्त्री र संघीय सरकारमा पशुपंक्षी विकास राज्यमन्त्रीको रुपमा जिम्मेवारी सम्हालीसक्नुभएको छ । एमालेको जिल्ला कमिटीमा धमसरा पुन सचिब हुनुहुन्छ । उहाँले वि.स. २०७४ सालमा धवलागिरी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर पाँच बर्ष स्थानीय तहको जनप्रतिनिधिको रुपमा काम गरिसक्नुभएको छ ।
एमालेको तर्फबाट वि.स. २०७४ सालमा मालिका गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएकी महिला नेतृ खरमायाँ बिटालु हाल अनेमसंघको गण्डकी प्रदेश कमिटीको अध्यक्ष हुनुहुन्छ । वि.स. २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट उम्मेदवार बनेर बेनी नगरपालिकाको उपमेयरमा निर्वाचित ज्योति लामिछाने पार्टीको प्रदेश कमिटी सदस्य समेत हुनुहुन्छ । उहाँ अनेमसंघ (क्रान्तिकारी) को जिल्ला अध्यक्ष र केन्द्रिय सदस्य समेत हुनुहुन्छ । तत्कालिन माओवादीको प्रदेश कमिटीमा म्याग्दीबाट लामिछानेसंगै अम्बिका ढुंगाना, चिना हमाल, गौरी शेञ्चुरी र मनमायाँ चोचाङ्गीको प्रतिनिधित्व छ ।
नेपाली काँग्रेस म्याग्दीमा पार्टी विधान बमोजिमको महिलाहरुको प्रतिनिधित्व भएपनि पार्टीको पदाधिकारी तहमा महिलाहरु पुगेका छैनन् । वि.स. २०७९ सालको प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसबाट गण्डकी प्रदेश सभामा समानुपातिकतर्फ प्रदेश सभा सदस्यमा निर्वाचित बिमला गौचनको गत बर्षको कात्तिकमा निधन भएको थियो । काँग्रेसमा गौचन शसक्त महिला नेतृत्वको रुपमा स्थापित हुनुभएको थियो । काँग्रेस म्याग्दीबाट महासमिति सदस्यमा युवा नेतृ मनकुमारी विक निर्वाचित हुनुभएको थियो । यस अघि म्याग्दीबाट महाधिवेशन प्रतिनिधि समेत रहनुभएकी विक काँग्रेसको युवा महिला नेतृको रुपमा परिचित हुनुहुन्छ । राप्रपामा बेनी नगरपालिकाका पूर्व उपमेयर सञ्जु बरुवाल महिला नेतृको रुपमा सक्रिय हुनुहुन्छ । मुख्य राजनीतिक दलहरुका गतिविधिमा महिलाहरुको सहभागीता बढ्दो छ ।

स्थानीय तहमा महिलाको उपस्थिति ः
६ स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा पालिका अध्यक्ष र वडा अध्यक्षमा महिला शुन्य छन् । बेनी नगरपालिकाको उपमेयरमा नेकपा माओवादी केन्द्रबाट ज्यो नेकपा माओवादी केन्द्रबाट रेशम पुन मगर पुरुष नै निर्वाचित हुनुहुन्छ । एमालेको तर्फबाट मालिका गाउँपालिकाको उपाध्यक्षमा लक्ष्मीदेवी घर्ति मगर, मंगला गाउँपालिकाको उपाध्यक्षमा प्रेमा क्षेत्री र अन्नपूर्ण गाउँपालिकाको उपाध्यक्षमा दिवा कुमारी तिलिजा पुन निर्वाचित हुनुहुन्छ भने नेपाली काँग्रेसबाट रघुगंगा गाउँपालिकाको उपाध्यक्षमा प्रेमकुमारी पुन निर्वाचित हुनुहुन्छ । वडा सदस्यमा महिला र दलित महिला बाहेक खुला सदस्यबाट थप महिला सदस्यहरु चुनिएका छैनन् । ०७४ को स्थानीय तह निर्वाचनमा म्याग्दीमा एक पालिका प्रमुखसहित दुई वडाध्यक्षमा महिला चुनिनुभएको थियो । अघिल्लोपटक धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेबाट थमसरा पुन निर्वाचित हुँदा मालिका गाउँपालिका–५ देवीस्थानको वडाध्यक्षमा कांग्रेसबाट पिपला बुढा र धवलागिरि गाउँपालिका–५ मल्कबाङको वडाध्यक्षमा कांग्रेसबाटै खर्ककुमारी छन्त्याल विजयी बन्नुभएको थियो । यसपटक पालिका प्रमुख–अध्यक्ष र वडाध्यक्षमा महिला प्रतिनिधित्व शून्य भएपनि अघिल्लो पटकको भन्दा चुनाबी प्रतिस्पर्धामा भने महिलाहरुको सख्ंया बढोत्तरी भएको थियो । ०७९ को स्थानीय तह निर्वाचनमा तीन महिला पालिका प्रमुखको प्रतिस्पर्धामा चुनावी मैदानमा उत्रिएका थिए । रघुगङ्गा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट मीना विश्वकर्मा, धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेकी थमसरा पुन र बेनी नगरपालिकाको प्रमुखमा राप्रपाकी मीनाकुमारी शर्मा उम्मेदवार बन्नुभएको थियो । त्यसैगरी मङ्गला गाउँपालिका–४ मा एमालेबाट लक्ष्मी बुढाथोकी र माओवादी केन्द्रबाट मनमाया चोचाङ्गे तथा रघुगंगा गाउँपालिका–२ भगवतीको वडाध्यक्षमा रञ्जना श्रेष्ठ स्वतन्त्रबाट वडाध्यक्षको उम्मेदवार बन्नुभएको थियो । पालिका र वडाको नेतृत्वमा उम्मेदवार बन्नुभएका ६ महिला नै पराजित हुनुभएको थियो ।
महिलालाई दोहोरो भूमिकाको चुनौती ः
राजनीतिमा मात्रै होइन सामाजिक संघसंस्थामा समेत महिलाहरुको सहभागिता न्यून छ । विशेष गरी विद्यालय, संघ संस्था र विकास निर्माणका उपभोक्ता समितिको नेतृत्वमा महिलाहरु नगन्य हुन्छन् । संविधानले व्यवस्था गरेको ३३ प्रतिशत सहभागिता बाहेक नेतृत्वदायि भूमिकामा महिलाहरुलाई पु¥याउन अहिले पनि उत्तिकै समस्याहरु छन् । राजनीति र सामाजिक क्षेत्रमा महिला सहभागिता बढ्दै गए पनि मूल नेतृत्वमा महिलाको सहभागिता कलस्टरमा मात्रै सीमित रहने गरेको नेकपा एमाले म्याग्दीका सचिब थमसरा पुनले बताउनुभयो । ‘‘पार्टीका गतिविधि र कार्यक्रममा महिलाहरुको सक्रियता बढ्दो छ, अझैपनि महिलालाई सहज रुपमा नेतृत्व दिने वातावरण बनिसकेको छैन, हामीले पनि नेतृत्व गर्न सक्छौँ भनेर बुझाउन र विश्वास जित्न संघर्ष गर्नुपर्ने अवस्था छ’’–पुनले भन्नुभयो । महिलाहरुका लागि राजनीति र सामाजिक क्षेत्रको नेतृत्वका लागि समाजको दृष्टिकोण, उचित समय र वातावरण मुख्य चुनौति हुन् । महिलाहरुले घर–व्यवहारको काम र बालबच्चाको स्याहार सुशारलाई समेत सकेर राजनीति र सामाजिक क्षेत्रमा समय दिनुपर्ने भएकाले पुरुषको तुलनामा महिलाहरुमाथि धेरै जिम्मेवारीको भारी बोक्नुपर्ने अवस्था रहेको बेनी नगरपालिकाका उपमेयर ज्योति लामिछानेले बताउनुभयो । ‘‘ नेपालको संविधानले व्यवस्था गरेबमोजिम सामाजिक राजनीतिक क्षेत्रमा महिला सहभागिता बढ्दो छ, यो निकै खुसीको कुरा हो, तर नेतृत्वदायि भूमिकामै महिलाहरुलाई पु¥याउन पुरुषबादी चिन्तन मुख्य समस्या बनेको छ’’–उहाँले भन्नुभयो ।
उद्यमशिलतामा महिला सक्रियता ः
परम्परागत रुपमा पुरुष घरमुली बन्ने र महिला घरको चुलोचौकोको काममा सिमित हुने परिपाटी विस्तारै फेरीदै गएको छ । म्याग्दीको सन्दर्भमा उद्यमशिलता र व्यवसायिक क्षेत्रमा महिलाहरुको सक्रियता बढेको छ । सदरमुकाम बेनीमा एकल रुपमा महिलाहरुकै नेतृत्वमा पनि व्यापार व्यवसाय र उद्यम सञ्चालन गरेर आत्मनिर्भर बन्ने र घरपरिवारको आर्थिक अवस्थामा सुधार ल्याएका धेरै उदाहरण रहेको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन कुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बेनीमा महिलाहरुको नेतृत्वमा लोकल मार्ट, व्युटिपार्लर, टेलरिङ, होटल व्यवसाय, खाद्यान्न, भाँडापसल, फर्निचर लगायतका व्यवसायहरु धेरै सञ्चालनमा छन् । ‘‘महिलाहरुले सञ्चालन गरेका व्यवसायबाट स्वरोजगार र आर्थिक रुपमा आत्मनिर्भरता बढाएको छ, त्यसबाट धेरैले रोजगारी पनि पाएका छन्,’’–अध्यक्ष श्रेष्ठले भन्नुभयो । महिलाहरु मितव्ययी र पारदर्शी हुने भएकाले उनीहरुले सञ्चालन गरेका व्यवसायको दिगोपना हुने गरेको अध्यक्ष श्रेष्ठको अनुभव छ । म्याग्दी उद्योग बाािण्ज्य संघले महिला उद्यमी र व्यवसायिहरुलाई महिला उद्यम विकास समिति मार्फत संगठीत गराएको छ । संघमा हाल स्थायी र अस्थायी गरी करिब २ हजार ५ सय सदस्य रहेकोमा करिब ३० प्रतिशत महिलाहरु रहेका छन् । महिलाहरुलाई व्यवसायिक र उद्यमशिल बनाउनका लागि नेपाल सरकारले समेत सहुलियतपूर्ण ऋण र अनुदानमा प्रोत्साहन गर्ने नीति लिएको छ । स्थानीय, प्रदेश र संघीय सरकार र मातहतका कार्यालयहरुले समेत महिलाहरुलाई लक्षित गरेर क्षमता विकास, सीप विकासका साथै उद्यमशीलता प्रर्वद्धनका कार्यक्रम र तालिमहरु सञ्चालन गर्दै आएका छन् ।
महिला शसक्तिकरणमा सामाजिक विकास कार्यालय ः
महिलाहरुको क्षमता विकास मार्फत आर्थिक, सामाजिक रुपमा बलियो र नेतृत्वदायि भूमिकामा पु¥याउन सामाजिक विकास कार्यालय म्याग्दीले विभिन्न गतिविधि गर्दै आएको छ । गण्डकी प्रदेश सरकार मातहत स्थापना भएको यस कार्यालयले महिलाहरुको क्षमता, दक्षता अभिबृद्धि मार्फत आर्थिक शसक्तिकरणमा जोड दिँदै महिलाहरुलाई समाजमा नेतृत्वदायि अवस्थामा पु¥याउने लक्ष्यका साथ कार्यक्रमहरु सञ्चालन गर्दै आएको सामाजिक विकास कार्यालय म्याग्दीका निवर्तमान कार्यालय प्रमुख तारानाथ सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, महिलाहरुकै नेतृत्व विकास र सहभागीता बढाउनका लागि चालु आर्थिक बर्षमा कार्यालय मार्फत दलित महिलाको र एकल महिलाको शसक्तिकरण, महिला विकास कार्यक्रम मार्फत प्रर्वद्धीत सहकारी संस्थाको शसक्तिकरण, सामाजिक कुरिती विरुद्धका अभियानहरु सञ्चालन गर्ने कार्यक्रमहरु समावेश गरिएका छन् । विगतका बर्षमा महिला, एकल महिला,दलित महिला, बालबालिका, ज्येष्ठ नागरिक लगायतको क्षेत्रमा सञ्चालित क्षमता विकास र शसक्तिकरणका कार्यक्रमहरु निकै प्रभाबकारी बनेका थिए । कार्यालयले सञ्चालन गर्ने कार्यक्रमहरुमा आमा समूह, महिला समूह र विभिन्न क्षेत्रका महिलाहरुको सहभागिताले सामाजिक क्षेत्रमा महिलाहरुको सक्रियता बढाउन सहयोग पुगेको छ । आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई सहरी क्षेत्रमा मात्रै सिमित नराखेर दुर्गम र ग्रामीण भेगसम्म पु¥याउन सकेमा यसले महिलाहरुको नेतृत्व र क्षमता विकास गरी महिलाहरुलाई राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रको नेतृत्वदायि भूमिकामा पु¥याउन मद्धत पुग्ने देखिन्छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l