म्याग्दी क्याम्पसमा स्ववियु निर्वाचनः सभापतिमा चार संगठनको उम्मेदवारी

  • २७ फाल्गुन २०८१, मंगलवार
  • 3 पटक पढिएको

म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन( स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) का उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएको निर्वाचन समितिका संयोजक पशुपतिनाथ ढकालले जानकारी दिनुभयो ।


निर्वाचन कार्यतालिका बमोजिम मंगलवार पत्यक्ष र समानुपातिक तर्फको मनोनयनको समय तोकिएको थियो ।
म्याग्दी क्याम्पसमा विद्यार्थी संगठनले दर्ता गरेको उम्मेदवारी बमोजिम नेविसंघबाट संगम चोखाल क्षेत्री, अखिल (क्रान्तिकारी) बाट सन्दीप खत्री, अनेरास्ववियुबाट दिनेश खत्री र अखिल नेपाल विद्यार्थी युनियन( समाजवादी)बाट मनिषा दर्जी सभापति पदको उम्मेद्वार बन्नुभएको छ ।

नेविसंघबाट प्रतिभा बानिया सचिव, यशु खत्री कोषाध्यक्ष, प्रत्यक्ष निर्वाचित हुने सदस्यमा विशाल बिक, छिमा पुन (युना), ढकबहादुर भण्डारी (सुदिप), सम्पूर्ण जि.सी., अनुपम श्रेष्ठ र समानुपातिकतर्फ रेजिता भण्डारी, अजय मल्ल, रुपा सापकोटा, पूर्णीमा कार्की, लिलाबहादुर खत्री, कुशल बानिया र सुमन बिकको उमेद्वारी परेको छ ।

अखिल(क्रान्तिकारी)बाट सचिवमा कृष्ण सापकोटा, कोषाध्यक्षमा सुप्रेना किसान, प्रत्यक्ष निर्वाचित हुने सदस्यहरुमा रेशम केसी, विनिता बुढा, सुवास कटुवाल, विलोम मल्ल र गणेश खड्काको उमेद्वारी परेको छ । अखिल क्रान्तिकारीबाट समानुपातिकतर्फ शिवराम गौतम, सृष्टि खड्का, आज्ञा पौडेल, अनिता वर्देवा, सुविना कार्की, सृष्टि खत्री र सिम्रन पौडेलको उमेद्वारी परेको छ ।

अनेरास्ववियुबाट सचिवमा मञ्जुर कटुवाल क्षेत्री, कोषाध्यक्षमा अस्मिता भण्डारी प्रत्यक्ष निर्वाचित हुने सदस्यहरु तर्फ किशोर खड्का, अबिजित शाही, संगम तिलिजा पुन, अस्मी परियार, र एलिसा गर्बुजा उम्मेदवार बन्नुभएको छ भने समानुपातिकतर्फ सफल खत्री, एलिसा बरुवाल, सफल खत्री, विजन खड्का, सुस्मिता शर्मा, मनिषा हमाल र स्नेहा रामदामको उमेद्वारी परेको छ ।

अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)बाट समानुपातिकतर्फ झर्ना परियारको मात्र उमेद्वारी दर्ता भएको छ ।स्ववियूमा उपसभापति र सहसचिब समानुपातिकतर्फ निर्वाचित हुने सदस्यहरुतर्फबाट चुन्ने व्यवस्था छ । चैत्र पाँच गते हुने स्ववियु निर्वाचनका लागि म्याग्दी क्याम्पसमा ८२४ जना मतदाता छन् ।