स्ववीयु निर्वाचन : मंगला शिक्षा क्याम्पसमा अनेरास्ववीयुका उमेद्वार निर्बिरोध
- २७ फाल्गुन २०८१, मंगलवार
- 179 पटक पढिएको
म्याग्दी, २७ फागुन : म्याग्दीको मंगला शिक्षा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका उमेद्वार निर्बिरोध भएका छन् । मंगला गाउँपालिका–२ मा रहेको क्याम्पसको स्ववीयुको निर्वाचनका लागि मंगलबार अनेरास्ववीयुको तर्फबाट मनोनयनपत्र दर्ता भएकाले निर्विरोध भएका हुन् ।
अध्यक्षमा एल्डीस पुन, सचिवमा बिन्दा रोका, सचिवमा मन्जिना बुढाथोकी, सदस्यमा सजिना किसान, सलोन पुन र रामकुमारी थापा निर्विरोध हुनुभएको मंगला शिक्षा क्याम्पसका प्रमुख पितमबहादुर खत्रीले जानकारी दिनुभयो ।