गीतकार बिपिन श्रेष्ठको “सुन्दर तिम्रो” म्युजिक भिडियो सार्वजनिक (भिडियाे सहित)
- २० माघ २०८१, आईतवार
- 3 पटक पढिएको
बेनीका युवा व्यवसायी तथा गीतकार बिपिन श्रेष्ठको “सुन्दर तिम्रो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। बिपिन श्रेष्ठको शब्द, डेकेन्द्र श्रेष्ठको संगीत, र डिकेको सुमधुर स्वर रहेको गीतको म्युजिक भिडियो बेनी बजार, गलेश्वर, रत्नेचौर, लभ्लीडाँडा, सिंगा तातोपानी लगायतका क्षेत्रमा छायांकन गरिएको हो ।
एबिस फिल्म्सको उत्कृष्ट छायाँकन रहेको भिडियोलाई अभिष थापाको निर्देशनमा तयार पारिएको हो। भिडियोमा नुपुर कर्माचार्य र रुबिन श्रेष्ठको अभिनय देख्न सकिन्छ, जसले गीतको भावनालाई अझ जीवन्त बनाएको छ।