न्यू संगम टे«र्डस रिखार कपको उपाधि घतान र अर्मनलाई

  • ३ भाद्र २०७४, शनिबार
  • धिरन खत्री
  • 4405 पटक पढिएको

म्याग्दी, ३ भदौ । म्याग्दी सदरमुकाम बेनीमा प्रकाशन हुँदै आएको रिखार राष्ट्रिय दैनिक पत्रिकाको आयोजनामा बेनीमा न्यु संगम टे«डस रिखार कप भलिबल प्रतियोगिता घतान र अर्मन विजयी भएका छन् ।

पत्रिकाको बार्षिकत्सवको अवसरमा संचालीत न्यु संगम टे«डस रिखार कप भलिबल प्रतियोगिताको पुरुष तर्फको प्रथम उपाधि बेनी नगरपालिका वडा ९ घतान र महिला तर्फ मंगला गाउपालिका वडा ५ अर्मन विजयी भएका हुन । प्रतिस्पधात्र्मक फाईनल खेलमा रघुगंगा गाउँपालिका वडा ३ पिप्लेलाई घतानले १ का विरुद्ध ३ सेट जित्दै उपाधि जितेको हो । त्यस्तै महिला भलिबलको फाईनल खेलमा रघुगंगा गाउँपालिका वडा ७ चिमखोलालाई अर्मनले सोझो सेटमा पराजित गर्दै उपाधि जितेको थियो ।

प्रतियोगितामा पुरुषतर्फ बिजेता र उपबिजेता टोलीले ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमश नगद रु ५० हजार र ३० हजार रुपैया नगद पुरस्कार र महिलातर्फ बिजेता तथा उपबिजेताले क्रमशः ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु २५ हजार र पन्ध्र हजार रुपैया पुरस्कार प्राप्त गरेको थिए । विजेता तथमा उपविजेता टिमलाई प्रमुख अतिथि मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, प्रथम पुरुष्कार प्रायोजक सुरेन्द्रराज शर्मा, नेपाली काग्रेसका जिल्ला सभापति खम्बीर गर्वुजा, र पत्रिका प्रकाशक गोपाल छन्त्यालले पुरुष्कार वितरण गरेका थिए । बेनपा ९ घतानका सन्दिप क्षेत्री र रघुगंगा गाउँपालिका ७ चिमखोलाकी पार्वती पुन उतकृष्ट खेलाडी घोषित भएका थिए ।

बार्षिकत्सवको अवसरमा भदौ १ गते देखि संचालन भएको प्रतियोगितामा पुरुषतर्फ १७ र महिलातर्फ ७ वटा वडाले सहभागीता भएको थियो ।

धिरन खत्री

म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l