बेनीमा २२ औं जेसीज कप फुटबल प्रतियोगिता उद्घाटन (तस्बिर /भिडियो)
- १७ मंसिर २०८१, सोमबार
- 313 पटक पढिएको
म्याग्दी, १७ मङ्सिर । म्याग्दी सदरमुकाम बेनीमा २२ औँ अन्तरमावि जेसीज कप फुटवल प्रतियोगिता उद्घाटन भएको छ । जिल्लामा विद्यालय तहमा लोकप्रिय मानिने अन्तरमावि जेसिजकप फुटवल प्रतियोगिताको २२ औँ संस्करण आगामी शनिवार सम्म सञ्चालन हुने छ ।
प्रतियोगितामा जिल्लाका विभिन्न २० विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा बिजेतालाई नगद रु ५२ हजार २२२ को साथमा रनिङशिल्ड, ट्रफि, मेडल, प्रमाणपत्रद्धारा पुरस्कृत गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेश बानियाँले जानकारी दिनुभयो । उहाँका अनुसार उप–बिजेता विद्यालयलाई ट्रफि,मेडल,प्रमाणपत्र र नगद रु.३२ हजार,२३२ पुरस्कार प्रदान गरिनेछ ।
त्यसैगरी प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट मिड्फिल्डर , राईजिङ्ग प्लेयर, उत्कृष्ट कोचलाई जनही नगद रु.२ हजार ५०० को साथमा अवार्डद्धारा पुरस्कृत गरिनेछ । त्यसैगरि अनुशासित टिमलाई ट्रफि,प्रमाणपत्र र नगद रु.५ हजार तथा सेमि फाईनलिष्ट २ टिम लाई नगद रु.५ हजार पुरस्कार र प्रत्येक खेल मा म्यान अफ द म्याच घोषित गरि सम्मान गरिने म्याग्दी जेसीजले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै बेनी नगरपालिकाका मेयर सुरत केसीले जिल्लामा हरेक बर्ष आयोजना हुने प्रतियोगिताले विद्यालय तहबाटै फुटवल खेलको विकास र खेलाडी उत्पादनमा सहयोग पुगेको बताउनुभयो । सदरमुकाममा फुटवल खेल सञ्चालन हुने एक मात्रै खुल्लामञ्चलाई स्तरबृद्धि गरेर फुटवल मापदण्ड बमोजिमको बनाउन प्रयास थालिएको जानकारी दिनुभयो ।
कार्यक्रममा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, एभरेष्ट ग्लोबल एजुकेसन÷भिसाका बेनी शाखा प्रमुख जगत गैरे लगायतले प्रतियोगिताले जिल्लाको फुटवल खेल क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । “खेलकुद बिकासमा नविन सोच,प्रतिभा प्रष्फुटनमा हाम्रो जोड“ भन्ने मुल नाराका साथ सञ्चालन भएको प्रतियोगिता एभरेष्ट ग्लोबल एजुकेसन÷भिसा को प्रस्तुतीमा सञ्चालन भएको हो । शाखा अध्यक्ष दिनेश बानियाँको अध्यक्षता, कार्यकारीणी उपाध्यक्ष कृष्ण पौडेलको स्वागत र महासचिब सज्जन श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।